भैरहवा । लुम्बिनी प्रदेश सरकारको ग्रामिण तथा शहरी बिकास मन्त्रालय पर्यटन डिभिजन कार्यालय रुपन्देहीले आर्थिक बर्ष ०७७।०७८ मा ९९ प्रतिशत भौतिक प्रगति गरेको छ ।
रुपन्देही सहित नवलपरासी, पाल्पा, कपिलवस्तु,अर्घाखांची , गुल्मी गरी ६ जिल्ला क्षेत्राधिकार भएको डिभिजन कार्यालयले भौतिक प्रगति ९९ प्रतिशत र बित्तीय प्रगति ८७ प्रतिशत गरेको कार्यालयका सुचना अधिकारी मुतिm प्रसाद भट्टराईले बताए ।
कार्यालयले ६ जिल्लामा संस्कृति तथा पर्यटन पुर्वाधार सम्बन्धी योजना कार्यान्वयन गराउंदै आएको छ । डिभिजन कार्यालयले आर्थिक बर्ष ०७७ ÷ ०७८ मा रुपन्देहीमा २९, नवलपरासीमा १०, पाल्पामा १०, कपिलवस्तुमा १०, अर्घाखांचीमा १२ र गुल्मीमा २० वटा गरी ९२ वटा योजनाहरु कार्यान्वयनमा ल्याएको थियो ।
कुल १७ करोड ५८ लाख रुपैयामा मध्ये कार्यालयले ८७ प्रतिशत वित्तीय खर्च अर्थात रु १५ करोड ३० लाख खर्च गरी ९९ प्रतिशत भौतिक प्रगति हासिल गर्न सफल रहेको सुचना अधिकारी मुतिm प्रसाद भट्टराईले बताए ।
कार्यायले भैरहवाको बर्मेलिटोल देखि एयरपोटसम्म सडकको डिभाईडरमा बुद्धको र्मुिर्त राख्ने काम सम्पन्न गरेको थियो । त्यसैगरी रुपन्देहीको पर्रोहा परमेश्वर धाममा उद्यान निर्माण , गुल्मीको अजुनधारामा पर्यटन पुर्वाधार , त्यसैगरी रेसुङ्गामा पनि पर्यटन पुर्वाधारका कामहरु सम्पन्न गरेका छन् । त्यसैगरी पाल्पामा रामापिथेथकसको जिवांश भेटिएको स्थान सम्म पुग्नका लागी पहुंच मार्ग निर्माण लगायतका कामहरु गरेको जनाएको छ ।