Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

आज ३४ जनामा संक्रमण, सक्रिय संक्रमित ३७३


  • लुम्बिनी चिन्तन
  • आषाढ २६, २०७८ शनिवार
  • 1.4K
    SHARES

आज ३४ जनामा संक्रमण,  सक्रिय संक्रमित ३७३

भैरहवा । रूपन्देहीमा पछिल्लो २४ घण्टामा ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्याङ्क अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा एक सय ९१ जनामा आरटी पीसीआर परिक्षण गरिएको थियो । 

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या तीन सय ७३ पुगेको छ । आज थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै बुटवलका रहेका छन् । बुटवलमा १५, तिलोत्तमामा ७, सैनामैनामा ७, सिद्धार्थ नगरपालिकामा एक, सियारीमा एक, देवदहमा २ र मायादेवीमा एकजना थपिएका हुन् । 

जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या २८ हजार ५ सय ४५ पुगेको छ । उनीहरुमध्ये पाँच सय चार जनाको मृत्यु भएको छ भने २७ हजार ६ सय ६८ जना निको भएर घर फर्केका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार