Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

धागो कारखानामा रहेको  कोभिड आइसीयु वार्ड लुम्बिनी प्रादेशिक अस्पतालमै सर्यो


  • लुम्बिनी चिन्तन
  • आषाढ २५, २०७८ शुक्रवार
  • 1.8K
    SHARES

धागो कारखानामा रहेको  कोभिड आइसीयु वार्ड लुम्बिनी प्रादेशिक अस्पतालमै सर्यो

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड आइसीयु वार्ड आफ्नै भवनमा सारेको छ ।

कोभिड–१९ का दुई वटा लहरमा बुटवल रामनगरस्थित धागो कारखानाबाट सेवा दिएको वार्डलाई अस्पतालले आफ्नै भवनमा सारेको हो ।

आज अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराईले वार्डको उद्घाटन गरेका छन् । उनले अस्पताल परिसरमै कोभिड आइसीयु वार्ड ल्याएपछि स्वास्थ्यकर्मीलाई सहज हुने बताए ।  २० शैया रहेको आइसीयु सारिएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । यसअघि अस्पतालमा संरचनाको अभाव भएकाले लामो समयदेखि सञ्चालन हुन नसकेको धागो कारखानामा अस्पतालले कोभिड वार्ड सञ्चालन गरेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार