Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

तिनाउ गाउँपालिकामा पहिरोले ६ घर बगायाे एक जनाको मृत्यु


  • लुम्बिनी चिन्तन
  • आषाढ २४, २०७८ बिहिवार
  • 636
    SHARES

तिनाउ गाउँपालिकामा पहिरोले ६ घर बगायाे एक जनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–५ मा बिहीबार पहिरोले ६ घर बगाएकाे छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत हिउँदेखोला नजिकै खसेको पहिरोले एक जनाको मृत्यु भएको छ भने एकजना बालक हराएका छन् । चार वर्षीय बालक अझै बेपत्ता छन् भने ७ जना घाइते छन्। हिउँदे खोलामा खसेको पहिरोले ६ घर बगाएको स्थानीय बद्रीप्रसाद श्रेष्ठले जानकारी दिए।

तिनाउ–५ कै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय पूजा परियारका चार वर्षीय छोरा आरोप बेपत्ता भएका हुन्। 

दोभान प्रहरी चौकीका धर्मराज न्यौपानेका अनुसार नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ।

पहिरोले सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ। दोभान प्रहरी चौकीका अनुसार हिउँदे खोला, झुम्सा, दोभानका विभिन्न स्थानका साथै सिद्धबाबा क्षेत्रमा पहिरो खसेको छ। 


लुम्बिनी चिन्तन

थप समाचार