Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

डेनमार्कलाई हराउँदै इङ्ग्ल्यान्ड पहिलो पटक युरो कप फुटबलको फाइनलमा


  • लुम्बिनी चिन्तन
  • आषाढ २४, २०७८ बिहिवार
  • 1.1K
    SHARES

डेनमार्कलाई हराउँदै इङ्ग्ल्यान्ड पहिलो पटक युरो कप फुटबलको फाइनलमा

 इङ्ग्ल्यान्ड पहिलो पटक युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इङ्ग्ल्यान्ड उपाधि नजिक पुगेको हो ।

ठूलो प्रतियोगितामा इंग्ल्याण्ड ५५ वर्षपछि पहिलो पटक फाइनल पुगेको हो । यसअघि सन् १९९६ को विश्वकपमा इंग्ल्याण्डले फाइनल पुग्दै उपाधि जितेको थियो ।

आज बिहान वेम्बली स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले एक गोल गरे । इङ्ग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो । डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गरे । डेनमार्कले खेलको ३० औं मिनेटमा डाम्सगार्डले गरेको गोलबाट अग्रता बनाए पनि जोगाउन सकेन ।

खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोन क्येरले  आत्मघाती गोल गरेपछि खेलमा १–१ को बराबरी भयो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय ४ औं मिनेटमा इङ्ग्ल्यान्डका कप्तान केनले गोल गरे ।

पहिलो पटक युरो कपको फाइनलमा पुगेको इङ्ग्ल्यान्ड र सेमिफाइनलमा स्पेनलाई हराएर फाइनलमा पुगेको इटली उपाधिका लागि आइतवार खेल्नेछन् ।


लुम्बिनी चिन्तन

थप समाचार