Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

आज सेमिफाइनलको दोस्रो खेलमा इंग्ल्यान्ड र डेनमार्क भिड्दै, स्पेनलाई हराउँदै इटली युरो कप फुटबलको फाइनलमा


  • लुम्बिनी चिन्तन
  • आषाढ २३, २०७८ बुधवार
  • 924
    SHARES

आज सेमिफाइनलको दोस्रो खेलमा इंग्ल्यान्ड र डेनमार्क भिड्दै, स्पेनलाई हराउँदै इटली युरो कप फुटबलको फाइनलमा

इटली युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इङ्ग्ल्यान्डको वेम्बलीमा भएको पहिलो सेमिफाइनल खेलमा तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटली फाइनलमा प्रवेश गरेको हो । पेनाल्टी सुटआउटमा स्पेन ४-२ गोलले पराजित भयो ।

खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा फर्काए । इटलीले सुरुवाती अग्रता जोगाउन सकेन।

पेनाल्टी सुटआउटमा इटलीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेलीले भने गोल गर्न सकेनन् । स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे । तर, डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् ।

यो जितसँगै इटली उपाधि नजिक पुगेको छ । अब इटलीले उपाधिका लागि इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । 

नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुने खेलमा दुवै टिमको लक्ष्य फाइनल पुग्ने हुनेछ । यी दुई टिमबीच हालसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले १२ खेल जितेको छ भने डेनमार्कले ४ खेल जितेको छ । दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ ।

आजको खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनलमा इटाली स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार