Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

क्षमता विस्तार सहित अत्याधुनिक नयां भवनमा सिद्धार्थनगर सिटी हस्पिटल

ग्राण्डी तथा मेडिसिटी अस्पतालंमा लामो अनुभव भएका चिकित्सकद्वारा सेवा दिईने


  • लुम्बिनी चिन्तन
  • आषाढ २१, २०७८ सोमवार
  • 2.6K
    SHARES

क्षमता विस्तार सहित अत्याधुनिक नयां भवनमा सिद्धार्थनगर सिटी हस्पिटल

भैरहवा । भैरहवा स्थित सिद्धार्थनगर सिटी अस्पतालले थप सेवा सुविधा सहित आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।

२०६८ साल देखि लुम्बिनी रोडमा अवस्थित हस्पिटलले १५ वेडबाट ५० वेडमा स्तरोन्नती गर्दै ५५ हजार वर्ग फिटको ६ तल्ले भवनबाट सेवा सञ्चालनमा ल्याएको हो ।

७० करोड बढी लागतमा मायादेवी ८ स्थित आफ्नै भवनमा नेपाल सरकारको स्वास्थ्य मापदण्ड र अन्तराष्ट्रिय मापदण्डमा निर्मित भवनमा विरामीहरुको सेवाका लागि र्याम तथा लिफ्टको पनि व्यवस्था गरिएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले पत्रकार सम्मेलन गरी जानकारी दिए ।

अस्पतालको गुणस्तरीय सेवालाई मध्यनजर गर्दै ग्राण्डी तथा मेडिसिटी अस्पताल काठमाडौंमा लामो अनुभव भएका चिकित्सकहरुको सेवा, रोग पहिचान तथा उपचारका लागि अत्याधुनिक प्रविधि तथा उपकरणहरु सिटी स्क्यान, अत्याधुनिक अपरेशन उपकरण, आईसियु, भेन्टिलेटर, अटोमेटिक एनालाइटर जस्ता उपकरण जडान गरिएको प्रबन्ध निर्देशक पौडेलले बताए । कोभिड–१९ को महामारीका कारण पुर्ण रूपमा संचालनमा नअाएपनि  हाल अत्यावश्यकसहितका केही विशिष्ट सेवाहरु सञ्चालनमा रहेको छ।

_DSC0321.JPG

दैनिक ओपिडी सहित, हाडजोर्नी तथा मेरुदण्ड, दुरविनबाट अपरेशन, डायलासिस, आइसियु, सिसियु, छाला सम्बन्धी लेजर सर्जरी तथा कपाल प्रत्यारोपण लगायतका मुख्य सेवाहरु सुचारु भएको अस्पतालका निर्देशक अमित चतुर्वेदीले जानकारी दिए ।

३ वटा अब्जरभेसन वेड र भर्ना भई बस्नका लागि २ वटा स्वीट क्याभिन सहित अन्तरष्ट्रिय युनिट, ३ वटा मोडुलर अत्याधुनिक अपरेशन थिएटर र अस्पतालद्वारा कागज रहित डिजिटल सेवा प्रदान गर्न प्रविधि जडान गरिएको निर्देशक चतुर्वेदीले जानकारी दिए ।

अस्पताले हालै मात्र कपाल प्रत्यारोपण सेवा, भैरहवा बुटवल क्षेत्रकै उत्कृष्ट  ६४ स्लाइस सिटी स्क्यान मेसिनबाट सेवा संचालनमा ल्याएको छ भने निःसन्तान दम्पत्तीहरुको लागि कृत्रिम गर्भाधान सेवा सुचारुको तयारीमा अस्पताल रहेको अध्यक्ष डा. सुवोध पाण्डेले बताए ।

मुटुका बिरामीहरुलाई सेवा दिनका लागि जर्मनमा निर्मित मेसिनद्वारा इको, टीएमटी, हल्टर मोडुलर सिसियु  त्यस्तै मोडुलर ओ.टी मा न्युरो, हाड जोर्नी, सामान्य सर्जरी, महिला सम्बन्धी सम्पूर्ण शल्यक्रिया , मोडुलर आई.सी.यु जर्मनमा निर्मित स्तरीय भेन्टिलेटर तथा मोनिटर, वातानुकुलित सुविधा सम्पन्न क्याविनहरु समेत रहेको अध्यक्ष पाण्डेले बताए ।

अस्पतालले कम शुल्कमा यस क्षेत्रका नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्दै रिफर नहुने गरी काम गर्ने, कसैलाई रिफर गर्नु भन्दा पनि सेवामा कुनै पनि प्रकारको सम्झौता नहुने अध्यक्ष पाण्डेले बताए ।

ट्रमा सेन्टर सहितको सुविधा रहने यस अस्पतालमा हाल १ सय २५ जनाले रोजगारी पाएका छन भने अस्पताल फुलफेजमा संचालनमा आएसंगै २ सय बढीले रोजगारी पाउने छन । अबको २–३ महिनामा पूर्ण रुपमा सबै सेवाहरु सुचारु गर्छौ अध्यक्ष पाण्डेले भने  ।

रुपन्देहीका साथ साथै छिमेकी जिल्ला नवलपरासी, कपिलबस्तु, गुल्मी, अर्घाखांची, पाल्पा, दाङ र भारतका महारजगंज र सिद्धार्थनगर जिल्लाका विरामीहरु लाभान्वित हुनेछन । 


लुम्बिनी चिन्तन

थप समाचार