Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सामाजिक सुरक्षा कोष विरुद्ध बैंकका कर्मचारी आन्दोलित


  • लुम्बिनी चिन्तन
  • आषाढ १९, २०७८ शनिवार
  • 958
    SHARES

सामाजिक सुरक्षा कोष विरुद्ध बैंकका कर्मचारी आन्दोलित

नवलपरासी । नवलपरासीका सबै बैंकका कर्मचारी आन्दोलित भएका छन् । सामाजिक सुरक्षा कोष विरुद्ध पश्चिम बैंकर्स क्लब परासीले शुक्रबार सदरमुकाम परासीमा विरोध स्वरुप र्याली निकालेको हो ।

खाईपाई आएको सेवा सुविधासमेत खोसिने गरी कोषमा आवद्ध गराउन लागिएको भन्दै आन्दोलनमा उत्रन बाध्य भएको बैंकर्स क्लब परासीका अध्यक्ष प्रकाश भण्डारीले बताए ।

कालो मास्क लगाएर उनीहरुले विरोध जनाएका उनीहरुले सामाजिक सुरक्षा योजनाविरुद्ध आफूहरुले विभिन्न माग अघि सारेको र उक्त माग सम्बोधन नभएसम्म विरोधका कार्यक्रम जारी रहने प्रदर्शनमा सहभागी बैंकका कर्मचारीहरुले बताएका छन् । कोषले बैंकका कर्मचारीहरुलाई पनि अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आउन भनेपछि विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु आन्दोलित भएका हुन् ।

बैंकका कर्मचारीले विगत देखिनै सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि असहमति जनाउंदै आएका थिए । निषेधाज्ञाकाबीच बैंकका कर्मचारीले र्याली निकालेर कोण सभा गर्न थालेपछि वुद्धचोकमा प्रहरीले कोणसभा गर्न रोक लगाएको थियो । तर उनीहरुले परासी लोकतान्त्रिक चोकदेखि बुद्ध चोकसम्म र्यालि निकालेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार