Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सैनामैनमा १५ शैयाको अस्पताल बन्ने प्रक्रिया सुरु


  • लुम्बिनी चिन्तन
  • आषाढ १८, २०७८ शुक्रवार
  • 970
    SHARES

सैनामैनमा १५ शैयाको अस्पताल बन्ने प्रक्रिया सुरु

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा १५ शैयाको आधारभुत अस्पताल बन्ने प्रक्रिया सुरु भएको छ ।

सरकारले प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने योजनाअनुसार मुर्गियामा उक्त अस्पताल बन्ने प्रक्रिया सुरु भएको नगरपालिकाले जनाएको छ ।

वडा नं ४ स्थित कृषि तथा पशु विकास शाखा कार्यालय नजिकै बन्ने अस्पतालको भौतिक पुर्वाधार निर्माणको लागि नगरपालिका र निर्माण कम्पनीबिच ठेक्का सम्झौता भएको हो ।

सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, योजना प्रमुख सुरज न्यौपाने लगायतको सहभागितामा ठेकेदार कम्पनी श्याम सुन्दर ÷एन बि जे भि बुटवलका प्रतिनिधिलाई सझौता पत्र हस्तान्तरण गरिएको छ ।

ठेक्का सम्झौताको हस्ताक्षरपछि नगरपालिका प्रमुख कार्कीले अस्पताल निर्माणले सैनामैनाकाका नागरिकको स्वास्थ्य पहुँच विस्तार हुने बताए । कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा ठूलो पाठ सिकाएको भन्दै उनले यो अस्पतालले नगरकोे बिकास तथा बिस्तारमा समेत थप सघाउ पुर्याउने विश्वास व्यक्त गरे।

नगरमा ५० बेडको अस्पताल आवश्यक रहेको बताउँदै कार्कीले सैनामैना १ बनकट्टा स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्साललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने र विशेषज्ञ सहितको स्तरीय सेवा प्रदान गर्ने योजना अघि सारेको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीका अनुसार निर्माण हुने अस्पताल भवन भित्र बहिरङ्ग विभाग( ओपीडी) अन्तरङ्ग विभाग (आपिडी, अपरेशन थियटर, इमरजेन्सी, प्रसुति सेवा लगायतका इकाई रहनेछन् । कुल ११ करोड ३६ लाख लागत रहेको उक्त अस्पताल २ बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि ठेकेदार कम्पनी विच सम्झौता भएको हो। यसको संरचना ५० शैयाको अस्पताल निमार्ण गर्न सक्ने क्षमताको रहेको छ । अस्पताल सञ्चालन गर्न आवश्यक पर्ने उपकरण अहिले नै जुटिसकेको समेत सैनामैना नगरपालिकाले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार