Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रुपन्देहीका अस्पतालमा बिरामीको चांप बढ्यो


  • लुम्बिनी चिन्तन
  • आषाढ १७, २०७८ बिहिवार
  • 1.8K
    SHARES

रुपन्देहीका अस्पतालमा बिरामीको चांप बढ्यो

बुटवल । केही दिनयता बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चांप बढ्न थालेको छ । जिल्लामा कोरोना संक्रमित बढ्दै जांदा फेरि अस्पतालमा बिरामीको चाप बढ्न थालेको कोरोना फोकल पर्सन डा. नन्दु पाठकले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा पछिल्लो पाँच दिनदेखि सक्रिय संक्रमितको संख्या फेरि उकालो लागेको छ । जिल्लामा बुधबारमात्रै ४४ जना नयाँ संक्रमित थपिएका थिए, जुन पछिल्लो १६ दिनयताकै सबैभन्दा धेरै हो ।

संक्रमण बढ्दै गएकाले अस्पतालमा चाप बढ्न थालेको  डा. नन्दु पाठकले बताए । ‘केहीदिन यता अस्पताल आउनेहरुको संख्या बढ्न थालेकाले बेडहरु भरिन लागेका छन्,’ उनले भने,‘एक हप्ताअघिसम्म यस्तो थिएन ।’

अस्पतालमा अहिले १२ जना आइसीयु तथा २६ जना जनरल र एचडीयुमा उपचाररत छन् । यो संख्या एक हप्ताअघिको भन्दा ३० प्रतिशत जतिले धेरै हो । एक साताअघिसम्म आइसीयुमा ७÷८ जना र जनरल तथा एचडियुमा १६÷१७ जनाको उपचार भइरहेकोमा अहिले अस्पताल आउने बिरामीको संख्या केही बढ्न थालेको हो ।

जिल्लाभर संक्रमण बढिरहेकाले जिल्लाका अन्य अस्पतालमा पनि चाप बढ्न सक्ने संकेत देखिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार