Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

मध्यरातमा विद्युत प्राधिकरणले काट्यो उद्योगको लाइन


  • लुम्बिनी चिन्तन
  • कार्तिक ८, २०८१ बिहिवार
  • 416
    SHARES

मध्यरातमा विद्युत प्राधिकरणले काट्यो उद्योगको लाइन

 

भैरहवा कात्तिक ८।

डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको छ । बिहीवार राती ९ बजेबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको एक उद्योगीले जानकारी दिए । 

हालसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट,  र बाबा जुट मिलको लाइन काटिएको ती उद्योगीले जानकारी दिए । 
कार्यकारी निर्देशक घिसिङले बिहीवार साँझ उर्जा मन्त्री दिपक खड्कासँग भेटेर लाइन नकाट्ने हो भने मन्त्रीपरिषद्ले निर्णय गरिदिनुपर्ने बताएका थिए । मन्त्रिपरिषद् बैठकमा कुलमानले गरेको प्रस्तावको बारेमा छलफल भए पनि कुनै निर्णय भएको थिएन । त्यसलगत्तै उनले लाइन काट्न शुरु गरेका हुन् । 

पछिल्लोपटक गत २४ असोजमा एक सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै ८ कात्तिक सम्मको म्याद दिएको थियो । तर, प्राधिकरणले बिल दिएको तर विद्युत प्रयोगको प्रमाण नदिएको भन्दै सो बक्यौता नतिर्ने अडानमा उद्योगीहरु छन् ।


लुम्बिनी चिन्तन

थप समाचार