Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

असोज २४ र २५ गते भैरहवामा ‘सिद्धार्थ सडक खाना महोत्सव’ हुने


  • लुम्बिनी चिन्तन
  • आश्विन १९, २०८३ सोमवार
  • 218
    SHARES

असोज २४ र २५ गते भैरहवामा ‘सिद्धार्थ सडक खाना महोत्सव’ हुने


भैरहवा असोज १९/


चेम्बर अफ कमर्स, रुपन्देहीले भैरहवामा असोज २४ र २५ गते दुई दिने ‘सिद्धार्थ सडक खाना महोत्सव गर्ने भएको छ । 
घटस्थापनाको पूर्वसन्ध्यामा असोज २४ र २५ गते भैरहवाको बसपार्कदेखि देवकोटा चोकसम्म उक्त महोत्सव सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष सचिव रोक्काले जानकारी दिए ।
महोत्सव साँझ ५ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने छ । महोत्सवमा करिब १ सय वटा स्टल रहने छन् । महोत्सवमा करिब ५० हजार भन्दा दर्शक तथा उपभोक्ता सहभागी हुने अनुमान छ । भारतसँग जोडिएको बेलहिया नाका, गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण सिद्धार्थनगरलाई पर्यटनको महत्वपूर्ण प्रवेशद्वारका रूपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
स्थानीय उत्पादक, किसान, खाद्य व्यवसायी, महिला तथा युवा उद्यमीलाई प्रत्यक्ष बजारसँग जोड्ने, होटल तथा पर्यटन व्यवसायलाई चलायमान बनाउने र स्थानीय उत्पादनको बजारीकरण गर्ने लक्ष्य महोत्सवको रहेको चेम्बर अफ कर्मस, रुपन्देहीका अध्यक्ष सचिन रोकाले बताए ।
महोत्सवमा तारे होटेलदेखि विभिन्न जातजाति परम्परागत परिकार उपलब्ध रहने छन् । महोत्सवको अर्को आकर्षण सँस्कृतिक कार्यक्रम रहेको छ । राष्ट्रिय र स्थानिय प्रस्तुती रहने जानकारी दिइएको छ । गायक दुर्गेश थापा, भोजपुरी कलाकार प्रिति पासवान र स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने छ ।
स्थानीय मौलिक खाना तथा जातीय परिकारसँगै कला, संस्कृति र परम्परालाई समेत प्राथमिकता दिने कार्यक्रमका संयोजक बिनोद खरेलले बताए । बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय तथा अन्य विदेशी पर्यटकलाई सिद्धार्थनगरमा आकर्षित गरी उनीहरूको बसाइ अवधि र स्थानीय खर्च बढाउने लक्ष्य राखिएको छ ।

चेम्बर अफ कर्मस रुपन्देहीका बरिष्ठ उपाध्यक्ष राममिलन यादवले सडक खाना महोत्सवको माध्यमबाट नगलाई आर्थिक रुपमा चलायमान बनाउनका लागि महोच्सवको आयोजना गरिएको बताए ।
चेम्बर अफ कर्मस रुपन्देहीका पुर्व अध्यक्ष दर्पण श्रेष्ठले लुम्बिनीलाई केन्द्रबिन्दु बनाएर सिद्धार्थनगरलाई पर्यटन सेवा खाना र आतिथ्यको प्रवेशद्वारको रुपमा विकास गर्ने उद्येश्य रहेको बताए । 
लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझीले आर्थिक नगरको रुपमा परिचित सिद्धार्थनगर भारतसँगको सामिप्यमा रहेकाले सिमावर्ती भारतीय नागरिकलाई आकर्षित गर्नु पर्ने सुझाव दिए । कार्यक्रम संस्थाका महासचिव लक्ष्मी अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार