भैरहवा असोज ७/
खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड , लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाले विजया दशमी , नेपाल सम्वत्, शुभ दिपावली , तथा छठ पर्वको उपलक्ष्यमा सुपथ मुल्य पसल संचालनमा ल्याएको छ ।
सुपथ मुल्य पसलको एक कार्यक्रमका विच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्धघाटन गरेका थिए । खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड , लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा शाखा प्रमुख जुनु बुढाथोकी को अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यमा सुरु भएको सुपथ मुल्य पसलवाट खाद्धसामाग्री बिक्री गरीने छ ।
कार्यक्रममा बोल्दै खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड वरिष्ठ सहायक कमान सिंह रानाले अघिल्लो बर्षहरुमा कार्यालय बाट ५ वटा जिल्लाका कारागारहरुमा बिक्री बितरण गरिएकोमा अहिले भने ४ ओटा जिल्लामा वितरण गरिने बताए ।
सो अवसरमा वोल्दै उपभोक्ता संरक्षण मंच रुपन्देहीका अध्यक्ष भरत बहादुर के।सिले यस कार्यालयले उपभोक्ताहरुको हक हित संरक्षणका लागि कार्य गरेको भन्दै शुभकामना दिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आर्थिक र सामाजिक हिसावले बिपन्न बर्गहरुको लागि लक्षित गर्ने उद्देश्यका साथ सुपथ मुल्यपसलको सुरुवात गरिएको बताए । खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड , लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा शाखा प्रमुख जुनु बुढाथोकीले खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडले सहकारी , गाउपालिका , नगरपालिकाको सहयोगमा आवश्यक भएको ठाउमा गइ सुपथ मुल्य पसल सन्चालनमा ल्याउने योजना रहेको बताईन ।

सुपथ पसल शुभारम्भ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख , शसस्त्र प्रहरी प्रमुख , कृषि प्रमुख निर्देशक शिव प्रसाद अर्याल , सहायक प्रबन्धक देवराज भट्टराई , प्रबन्धक सुमन पन्थी लगायतको उपस्थिति रहेको थियो ।