३० भदौ, काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ ।
आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टीतेल तथा डिजलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।
मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजल तथा मट्टीतेल प्रतिलिटर १४६ कायम भएको छ ।