Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सुजुकीले भैरहवामा स्विफ्ट कार सार्वजनिक गर्‍यो, ५ वर्षसम्म रनिङ्ग खर्च नलाग्ने


  • लुम्बिनी चिन्तन
  • भाद्र १४, २०८१ शुक्रवार
  • 664
    SHARES

सुजुकीले भैरहवामा स्विफ्ट कार सार्वजनिक गर्‍यो, ५ वर्षसम्म रनिङ्ग खर्च नलाग्ने

भैरहवा, भदौ १४ । सुजुकी मोटर्सको अधिकारीक डिलर पाठक मोटर्स गु्रपसले भैरहवामा स्विफ्ट कार सार्वजनिक गरेको छ । सुजुकीले पर्वोत्सव २०८१ को आयोजना गर्दै स्विफ्ट कार सार्वजनिक गरेको हो । प्रमुख अतिथि तथा लुम्बिनी इट्टा व्यवसायीसंघका अध्यक्ष अजय कुमार गुप्ता, पाठक मोटर्स गु्रप प्रालिका प्रबन्ध निदेर्शक अभिषेक पाठक र सिजी कम्पनीका डिलर इन्चार्ज विनायकराज पौडेल द्वारा संयुक्त रुपमा स्विफ्ट कार सार्वजनिक गरेका हुन् । 
सुजुकीले भैरहवामा स्विफ्ट कारको लन्च गर्दै ५ वर्षको लागि रनिङ्ग खर्च छुट गरेको छ  । उक्त कार्यक्रममा नेपालकालागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटो मोटिभ डिभिजन सीजी मोटोकर्पले आउदै गरेको दशैं तिहारलाई लक्ष्ति गरी ’सुजुकी पर्वोत्सवअफर’ को योजना गरेको कम्पनीले जनाएको छ । सुजुकीले ईभिमा जस्तै स्विफ्टमा पनि ५ वर्षको लागि रनिङ्ग खर्च छुट गरेको हो  । 
सुजुकीले सार्वजनिक गरेको चौथौं संस्करणको स्विफ्ट कारमा ५ वर्षको लागिशुन्य रनिङ्गखर्च हुने गरी अफर पनि ल्याएको पाठक मोटर्स गु्रप प्रालिका प्रबन्ध निदेर्शक अभिषेक पाठकले बताए ।
यो योजनाअन्तर्गत चार लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, बीस हजारसम्मको लोयल्टीबोनस, एक लाख रुपैयाँ सम्मको एक्सचेन्जबोनस र सिट कभर सहितको एक्सेसरिजहरु पउनेछन । कम्पनीले नाडा अटो शो लाई लक्षित गरि कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थपदुई लाखसम्मको छुट प्रधान गर्ने कम्पनीले जनाएको छ । यो अद्वितीय योजनाले नयाँ स्विफ्टग्राहकहरूले रनिङ्गखर्चको बोझ बिना ढुक्क ड्राइभिङको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ । 
यसैगरी कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी इट्टा व्यवसायीसंघका अध्यक्ष अजय कुमार गुप्ताले गाडी राम्रो सजिलो र बजेटको हिसावले सस्तो रहेको बताए । 
स्विफ्टखरिद गर्ने नयाँग्राहकले ५ वर्ष सम्म पेट्रोलमाखर्च गर्नु नपन,  ५ वर्षको लागि मर्मतसम्भार र पी. यम. यस पार्ट्स र इन्जिन आयल मा पनि केहि खर्च गर्नु नपर्ने कम्पनीले जनाएको छ ।कम्पनीको मापदण्ड अनुशारको ११ वटै नियमित सर्भिसमा पनि केहि शुल्क नलाग्ने सुजुकी मोटर्सले जनाएको छ । 
यो योजनामाथप १ वर्षको विमा र सिट कभर सहितको सुजुकी जेनुइन एक्सेसरिजहरु प्नि निःशुल्कपाउने छन । विक्रीपछिको रिसेल भ्यालु प्रति मनोबल अझै बढाउन ५ वर्ष पछि २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्कवारेन्टी रहेको पनि कम्पनीले जनाएको छ । 
हामी हाम्रो उत्पादन संग विस्वस्त छौ, स्विफ्टको रिसेल भ्यालु आज सम्मको सबै रिसेल भ्यालु भन्दा रामो रहेको छ । सिजी कम्पनीका डिलर इन्चार्ज विनायकराज पौडेलले बताए । 
स्विफ्ट विगत देखि उच्च रिसेल भ्यालु भएको गाडी हो, थप एक्सचेन्जबोनसले ग्राहकलाई भविष्यमा विक्रिगर्दा फाइदाहुने कम्पनीको भनाई छ । 
कम्पनीकाअनुसार, “ विद्युतीय र पेट्रोल इन्जिन सवारी साधनहरू बीचको बढ्दो बहसमा ऐतिहासिक योजना प्रस्ताव गर्न पाउँदाउत्साहितछौं। हाम्राग्राहकहरूले फाइदाजनकर रहिततवरले शुन्य रनिङ्गखर्च प्रतिष्ठितस्विफ्टको अनुभव गर्न सक्नेछ। 
यो योजना नेपालभर रहेका सुजुकीगाडीका ३५ वटै सोरूमहरुमा पनि लागू हुने र सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुने कम्पनीले जनाएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार