भैरहवा भदौ १०/
सि।बि पब्लिक हाईस्कुलले श्रीकृष्ण जन्माष्टमीको अवसरमा सडक नृत्य कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय अगाडी सिद्धार्थराजमार्गमा कृष्ण जन्माष्टमी सम्बन्धित नृत्य तथा नाटक कार्यक्रम आइतबार गरेको हो ।उक्त कार्यक्रममा एकल, सामूहिक तथा सदनात्मक गरी कुल १६ वटा नृत्य तथा नाटक विद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।
विद्यार्थीहरुले नेपाली, मैथिली तथा हिन्दि गितमा आ–आफ्नो प्रस्तुती दिएका थिए ।
लुम्बिनी, तिलौराकोट, देवदह र रानी महलका सदनहरुले नृत्य तथा नाटक प्रतुत गरेका थिए ।लुम्बिनी सदनबाट कक्षा –१की आरोही भण्डारी, कक्षा–२ सुरक्षा भण्डारी, कक्षा – ३ सन्ध्या यादव, कक्षा ४ समृद्धी पौडेल, कक्षा ५ दिव्या यादव, कक्षा– ६ आयुष न्यौपाने, कक्षा ७ का सिद्धि पौडेल, अनुस्का खरेल र समृद्धि मल्लिक, कक्षा–९ सिखा यादव, कक्षा १० बबिता कुँवर, दिव्यन्का लोहनी, वैष्णवी ९ रानी ० शाही ले नृत्य तथा नाटक प्रस्तुत गरेका थिए ।

यसैगरी तिलौराकोट सदनका निर्जला, प्रिया, सरस्वति, निहारिका र पवित्राले आफ्नो प्रस्तुती दिएका थिए । यस्तै देवदह सदनबाट सबा खान, अस्मिता , अंकिता, सेना खातुन, खुसि गुरुङ, खुसि यादव, अन्शिका र समिक्षा रहेका थिए भने लुम्बिनी सदनबाट दिव्या, आशिका सित्तल र मुस्कान र रानीमहल सदनबाट वैधनवी, बन्दना र सोनिवि जुन शाहले सडक नृत्य कार्यक्रममा आ–आफ्नो प्रस्तुती दिएका थिए ।
कार्यक्रम सि। बि। पब्लिक जुनियर तथा युवा रेडक्रस सर्कल एवं बाल क्लब तथा प्रिन्सिपल, भाइस प्रिन्सिपल, विद्यालयका सम्पूर्ण शिक्षक ÷ शिक्षिका र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।कक्षा १० की सकिना खातुन र कक्षा –२ कृषांग थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।