Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

प्याब्सन सिद्धार्थनगरको आयोजनामा भैरहवामा अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा सम्पन्न


  • लुम्बिनी चिन्तन
  • श्रावण ३१, २०८३ आइतवार
  • 118
    SHARES

प्याब्सन सिद्धार्थनगरको आयोजनामा भैरहवामा अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा सम्पन्न


भैरहवा साउन ३१,
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन सिद्धार्थनगरको आयोजनामा भैरहवामा अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा सम्पन्न भएको छ ।
प्रतियोगीतामा आदर्श विद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी न्यु इरा इङ्लिस बोर्डिङ स्कुल दोस्रो, पश्चिमाञ्चल हाई स्कुल तेस्रो तथा टाइनी टडलर्स चौथो भएका छन्। प्याब्सनको नियमित अतिरिक्त क्रियाकलापअन्तर्गत  शनिबार भैरहवामा आयोजित प्रतियोगितामा सिद्धार्थनगरका २३ वटा विद्यालयका विद्यार्थी सहभागी भएका थिए।
प्रतियोगिताको उद्देश्य विद्यार्थीलाई आफ्नो मौलिक पहिचान, कला, संस्कृति, परम्परासँग जोड्दै  विद्यार्थीको आत्मविश्वास, सिर्जनशीलता, र सामूहिक भावना विकास गर्नुका रहेको आयोजक संस्था प्याप्सन सिद्धार्थनगरका अध्यक्ष उदयकुमार मल्लिकले बताए ।
प्रमुख अतिथिका रूपमा रहनुभएका रूपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य डा. लेक जंग थापाले शिक्षा केवल पाठ्यपुस्तकमा आधारित विषय नभएको उल्लेख गर्दै  कला, संस्कृति, संगीत र सभ्यताको ज्ञान पनि शिक्षाको अभिन्न अंग रहेको बताए ।
प्रतियोगिताका संयोजक प्रतीक मल्लका अनुसार प्याब्सन सिद्धार्थनगरले अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता आयोजना गरेको यो चौथो वर्ष हो। यस वर्षदेखि प्रतियोगितामा नगद पुरस्कारसमेत थप गरिएको छ । 
प्रतियोगितामा विजेता आदर्श विद्या मन्दिरले पाँच हजार रुपैयाँ, दोस्रो भएको न्यु इराले तीन हजार तथा तेस्रो भएको पश्चिमाञ्चल हाई स्कुलले दुई हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। चौथो भएका टाइनी टडलर्सले एक हजार रुपैयाँ सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। 
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने विद्यालय जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताका लागि समेत छनोट भएका छन्। स्थानीय तहबाट सुरु हुने प्याब्सनको अतिरिक्त क्रियाकलापअन्तर्गतको यो प्रतियोगिता जिल्ला, प्रदेश हुँदै केन्द्रस्तरसम्म सञ्चालन हुने गर्दछ।
विद्यार्थीको प्रतिभा पहिचान र प्रस्तुति क्षमताको विकाससँगै मौलिक संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धनमा समेत प्रतियोगिताले योगदान पुर्याएको आयोजकको भनाइ छ।


लुम्बिनी चिन्तन

थप समाचार