Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

बुटवल मोडेल कलेजद्धारा एमविए फाईनान्स प्रोगामको शुरुवात


  • लुम्बिनी चिन्तन
  • भाद्र २, २०८१ आइतवार
  • 658
    SHARES

बुटवल मोडेल कलेजद्धारा एमविए फाईनान्स प्रोगामको शुरुवात


भैरहवा भदौ २/
रुपन्देहीको ओमसतिया , कटैयामा संचालनमा रहेको बुटवल मोडल कलेजले पोखरा विश्व विद्यालयको सम्बन्धमा एमविए फाईन्नान्स कार्यक्रम शुरुवात गरेको छ ।
बुटवल मोडल कलेजका व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षता तथा पोखरा विश्व विद्यालयका परिक्षा नियन्त्रक डा. तुलसीराम भण्डारीको प्रमुख आतिथ्यमा एमविए फाईनान्स कार्यक्रम सुरुवात गरिएको थियो । 
कलेजका प्राचार्य डा. नेत्र प्रसाद बस्यालले राष्ट्रकै शैक्षिक दुइवटा ठुला उन्नयनमा महत्वपूर्ण योगदान पुन्याइरहेका संस्थाहरु काठमाण्डौ मोडेल कलेज र न्यू होराइजन कलेजले स्वामित्व ग्रहण गरि बुटवल मोडेल कलेजको नामबाट रुपन्देहीको कटैयामा स्ताकोत्तर तहमा फाइन्नस कार्यक्रम शुरुवात भएको उल्लेख गरे ।
पोखरा विश्वविद्यालयमा आवेदन दिएकोमा सञ्चालन अनुमती प्राप्त गरे पश्चात  ब्यवहारीक रुपमा आधुनिक प्रविधिको प्रयोग गरेर अध्यापन गराईने बस्यालले बताए ।  एमबिए फाईन्नासका विद्यार्थिहरुले अध्ययन पश्चात लुम्बिनी प्रदेश , रुपन्देहीका लागि मात्र नभई नेपालभरिका औद्योगिक प्रतिष्ठान, बैक तथा वित्तिय संस्थाका लागि तयार मानवपूँजीका योगदान दिन सक्ने बस्यालको दाबी थियो । 
प्रमुख आतिथि पोखरा विश्व विद्यालयका परिक्षा नियन्त्रक डा. तुलसीराम ज्ञवालीले पोखरा विश्व विद्यालयको सम्बन्धबाट कलेज संचालन गरेको बुटलल मोडेल कलेजले विविए र विएचएम बिषयमा  गुणस्तरी शिक्षा प्रदान गरी प्रत्यके बर्षहरुका आफुलाई अब्बल सावित गर्दै आएको उल्लेख गरे । विश्व विद्यालयले बुटवल मोडेल कलेजलाई गुणस्तरीय शिक्षा प्रदन गर्ने रुपमा विश्वास गरेको बताउँदै एमविए फाइन्नास विषयमा पनि  अब्बल राख्ने विश्व लिएको बताए ।   
कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठलले विद्यार्थीहरुले कलेज प्रति देखाएको विश्वास अभिभावकहरूको विश्वासलाई विश्वस्त गर्दै कलेजले गरेको प्रगित कलेजको मात्र नभएर यस क्षेत्रका  अभिभावक, शुभचिन्तक, सञ्चालकहरु प्राध्यापकहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
बुटवल मोडेल कलेजका विविए संयोजक दिपक ज्ञवालीको संचालनमा सम्पनन भएको कार्यक्रमा रुपन्देही भित्रकका विभिन्न कलेजका प्राचार्यहरु, निजी क्षेत्रका संघसंस्थाका अगुवाहरु ,उद्योगी व्यवसायी, बैंकर्स, काडमाण्डौ मोडेल कलेजका संचालक, न्यूहोराइजन मा.विका अध्यक्ष, प्राचार्य क्षीतिज कलेजका प्राचार्य,  , विश्वविद्यालयका प्रध्यापकहरु, कलेजका प्राध्यापकहरु संचारकर्मिहरु लगायतको  उपस्थिति रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार