भैरहवा, भाद्र ०२ । बुटवल मोडेल कलेज रुपन्देहीले एम.बि.ए फाइनान्स पठनपाठन सुरु गरेको छ ।
रुपन्देहीको ओमसतिया १ कटैयामा अवस्थित बि.बि.ए, बि.एच.एम र एम.पि.जि.डि पठनपाठन हुदै आइरहेकोमा २०८१ बाट भने थप हुदै यस क्षेत्रमै पहिलो पटक एम.बि.ए (फाइनान्स) स्नातकोत्तर तहमा पोखरा बिश्वबिद्धालय बाट सम्बन्धन प्राप्त संचालन गर्न लागिएको हो ।
शनिबार भैरहवामा भएको विशेष समरोहका बिच एम.बि.ए मास्टर अफ बिज्नेस आर्टिफिसियल ( फाइनान्स ) , लन्चिङ कार्यक्रम गरिएको थियो , पोखरा बिश्वबिद्धालयका परिक्षा नियन्त्रक डा. तुल्सिरम भण्डारीको प्रमुख आतिथ्यता, कलेज संचालन समितीका अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षता तथा कलेज प्रिन्सिलल डा. नेत्र प्रसाद बस्यालको स्वागत मन्तव्य बाट कार्यक्रम सुरु भएको थियो । 
यस क्षेत्रमा एम.बि.ए को पठनपाठनको आवस्यकता दर्शाउदै ब्यबस्थापन हरेक प्रयोगात्मक हिसाबले ,वित्तीय व्यवस्थापनका लागि आवश्यक वित्तीय बजार, उपकरण र कर्पोरेट वित्त, वित्तीय निर्णयहरू गर्न उन्नत विश्लेषणात्मक र रणनीतिक सीपहरू प्रदान गर्ने , वित्तीय जोखिमहरू व्यवस्थापन गर्ने र व्यापार वृद्धिलाई अगाडि बढाउने क्षमता विकास गरेर नेतृत्वको भूमिकाका लागि तयार गर्ने आधार, यसले संगठनात्मक कार्यसम्पादनलाई अनुकूलन गर्नको लागि महत्वपूर्ण वित्तीय योजना, पूर्वानुमान, र बजेटमा अन्तर्दृष्टि प्रदान गर्ने , फाइनान्समा एमबीएले बैंकिङ, लगानी र कर्पोरेट फाइनान्स लगायत विविध क्षेत्रहरूमा करियरका अवसरहरू र आम्दानीको सम्भावना बढाउँनमा पनि ठुलो भुमिका खेलेको हुन्छ त्यसैले नेपाल जस्तो देशमा एमबिए (फाइनान्स ) को आवस्यकता रहेको कुरा कलेजले बताएको छ ।

बुटवल मोडेल कलेज न्यु होराइजन कलेज एवं काठमाडौं मोडेल कलेज अन्तर्गत संचालित ब्यबस्थापन बिषय पठनपाठन हुने कलेज हो । सो कार्यक्रममा काठमाडौ मोडेल कलेजका डाइरेक्टर एवं हिमालयन इन्जिनियरिङ कलेजका प्रिन्सिपल किशोर गौतम, डा. धुर्ब भट्टराई , रामेश्वर यादव बोल्नुभएको थियो । न्यु होराइजनको तर्फबाट न्यु होराइजन समग्र ईन्स्टिच्युटका प्रमुख लोकनाथ उपाध्यायले एम.बि.ए उच्च शिक्षा र यसले सामाजमा दिन सक्ने आर्थिक परिबर्तनको फाइदका बारेमा बोल्नुभएको थियो ।
कार्यक्रममा भैरहवा बुटवल क्षेत्रका उधोगि व्यावसायि , चिकित्सा बिज्ञान , संग सम्बन्धित फार्मासिटिकल्स का प्रतिनिधि , उद्योगि बाणिज्य संघ संगठनका प्रतिनिधि साथै यस क्षेत्रका संचालक , प्रिन्सिपल बिद्यार्थी , एवं सरोकार वलाहरुको उपस्थिति रहेको थियो ।