Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

कक्षा १२ को परीक्षामा नगर प्रथमसहित उत्तीर्ण विद्यार्थीहरुलाई काशीद्वारा सम्मान


  • लुम्बिनी चिन्तन
  • श्रावण २५, २०८१ शुक्रवार
  • 442
    SHARES

कक्षा १२ को परीक्षामा नगर प्रथमसहित उत्तीर्ण विद्यार्थीहरुलाई काशीद्वारा सम्मान

भैरहवा, साउन २५ । काशी नोबल एकेडेमी सिद्धार्थनगर–१२ जनकपथ, रुपन्देहीले राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८१ मा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षा (एसएलसी) मा व्यवस्थापन संकायतर्फ नगर प्रथमसहित उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले बिहीबार भैरहवामा एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई सम्मान गरेको हो ।काशी नोबल एकेडेमीबाट सहभागी विद्यार्थीमध्ये ३.८१ जीपीए प्राप्त गरी अर्पिता मल्लिक नगर प्रथम हुन सफल भएको विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले बताए । त्यस्तै अंशिका भण्डारीले ३.७५ र आरशी भट्टराईले ३.७१ जीपीए प्राप्त गरेको घिमिरेले जानकारी दिए । काशीले यस क्षेत्रमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनले दावी गरे । प्राचार्य घिमिरेले गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको रुपमा काशी स्थापित भएको बताए । उनले विद्यालयलाई विश्वास गर्ने सम्पूर्ण अभिभावक र विद्यार्थीहरुलाई धन्यवाद दिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले विद्यार्थी जीवनमा अनुशासन महत्वपूर्ण भएको बताए । उनले कम अंक ल्याएका विद्यार्थीहरु निराश हुनु नपर्ने बताए । उनले भने, ‘नजानेको कुरा सिक्नुपर्छ । अरुलाई सोध्नुपर्छ । जानेकाले नजानेकालाई सिकाउनुपर्छ । सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ ।’नगर उपप्रमुख उमा अधिकारीले शैक्षिक गुणस्तर सुधार्न अभिभावकले पनि आफ्नो सन्तानलाई नगरभित्रकै विद्यालयमा पढाउन आग्रह गरिन् । उनले सिद्धार्थनगरको विकासका लागि सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताइन् ।विद्यालय सञ्चालक समितिका अध्यक्ष ओम जैसीले काशीका विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय सञ्चालक समितिलगायत भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गरे ।विद्यालयका अभिभावक तथा अंशिका भण्डारीका बुवा नारायण प्रसाद भण्डारीले काशीका विद्यार्थीहरुले ल्याएके नतिजाले सिद्धार्थनगरकै नाम उचो भएको बताए । उनले भैरहवा शिक्षा क्षेत्रमा धेरै अगाडि रहेको काशी नोबल एकेडेमीको नतिजाले पुष्टी गरेको बताए ।कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थी, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही)का अध्यक्ष दर्पण श्रेष्ठ, श्री भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीलगायतले बोल्दै सबै मिलेर सिद्धार्थनगरको शैक्षिक विकासका लागि अघि बढ्नुपर्नेमा जोड दिए । विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको स्वागत तथा प्लस टु कोर्डिनेटर (संयोजक) हरि प्रसाद आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयबाट २०८१ सालमा कक्षा १२ मा ७९ विद्यार्थी सहभागी भएको सह–प्राचार्य श्री रायमाझीले बताए । विद्यालयबाट कक्षा १२ मा सहभागी विद्यार्थीहरुमध्ये ८० प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएको विद्यालयले जनाएको छ । जसमध्ये ३.२ जीपीए भन्दा माथि ल्याउने २२ जना विद्यार्थीहरु रहेका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार