Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण


  • लुम्बिनी चिन्तन
  • श्रावण ११, २०८१ शुक्रवार
  • 394
    SHARES

वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण

भैरहवा, साउन ११ । नेपाल राष्ट्र बैंकले विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिनाधितो ऋण उपलब्ध गराउने जनाएको छ ।  शुक्रबार चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको जनाएको हो । राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण दिने जनाएको छ । ‘सरकारको २०८१÷८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने छ,’ वक्तव्यमा भनिएको छ ।

 

 

 


लुम्बिनी चिन्तन

थप समाचार