भैरहवा, साउन ११ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१–८२ मा निजी क्षेत्रमा जाने कर्जा विस्तारको लक्ष्य १२५ प्रतिशत राखेको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर डा। महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै उक्त कुरा उल्लेख गरेका हुन् । गत आवमा राष्ट्र बैंकले निजी क्षेत्रतर्फ ११.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको थियो ।