Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

मौद्रिक नीति आज


  • लुम्बिनी चिन्तन
  • श्रावण ११, २०८१ शुक्रवार
  • 348
    SHARES

मौद्रिक नीति आज

भैरहवा, साउन ११ । चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । गत शुक्रबार नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण रोकिएको थियो । शुक्रबार बिहान सञ्चालक समितिको बैठक डाकिएको छ, त्यहाँबाट पारित गरेर, भोलि नै सार्वजनिक गर्ने तयारी छ । बोर्डबाट पारित भएपछि राष्ट्र बैंकको वेबसाइटमार्फत सार्वजनिक गर्ने, त्यसपछि मात्र पत्रकार सम्मेलन गरी जिज्ञासा समाधान गर्ने कार्यक्रम छ ।’ राष्ट्र बैंकले गत साता नै आन्तरिक तयारी सकिसकेकाले सरकारको सुझाव समावेश गरेर जारी गर्न लागेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले मौद्रिक नीतिको मस्यौदा हेर्न चाहेपछि मौद्रिक नीति रोकिएको थियो । यता, चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनु पर्ने दबाब केन्द्रीय बैंकलाई रहेको छ । मौद्रिक नीतिका पनि आफ्नै सीमा छन् । राष्ट्र बैंकले चाहेर पनि त्यो सीमाभन्दा बाहिर गएर मौद्रिक नीति ल्याउन नमिल्लने केन्द्रीय बैंकका अधिकारीहरुको भनाइ छ । तथापि, तथ्यांकहरुले केही क्षेत्रमा लचिलो बन्न सहयोग पुर्याएको उनीहरुको तर्क छ । यतिबेला आन्तरिक अर्थतन्त्रमा मन्दी छाएको छ । कर्जा प्रवाह अपेक्षा अनुसार हुन सकेको छैन ।  साथै, सेयर धितो र रियल इस्टेट कर्जामा केही लचक नीति आउँने स्रोतको भनाइ छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा लाग्दै आएको सीमामा हेरफेर हुने स्रोतको भनाइ छ । 


लुम्बिनी चिन्तन

थप समाचार