Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

कञ्चनपुरकी निर्मलाको हत्या भएको ६ वर्ष पूरा


  • लुम्बिनी चिन्तन
  • श्रावण १०, २०८१ बिहिवार
  • 390
    SHARES

कञ्चनपुरकी निर्मलाको हत्या भएको ६ वर्ष पूरा

भैरहवा, साउन १० । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पूरा भएको छ।२०७५ साउन १० गते साथीको घर गएकी बालिका निर्मलाको शव त्यसको भोलिपल्ट बिहान सालघारीको खोला किनारस्थित उखुबारीमा फेला परेको थियो ।घटनापछि दोषीलाई कारबाहीको माग राख्दै लामो समय सडकदेखि सदनसम्म तात्यो। दोषीलाई कारबाहीको माग राख्दै भएको आन्दोलनमा अर्का बालक सन्नी खुनाले पनि ज्यान गुमाए। केही व्यक्ति घाइते भए।प्रहरीले घटनामा संलग्न भएको आशंकामा १०० भन्दाबढी व्यक्तिमाथि अनुसन्धान ग¥यो। केहीलाई थुनामा पनि राख्यो । तर पनि सरकारले घटनामा संलग्न अझै पत्ता लगाउन सकेको छैन।निर्मलाको बलात्कारपछि हत्या भएको ६ वर्ष पूरा भइसक्दा समेत घटना अझै रहस्यमै रहेको छ। ६ वर्षको यस अवधिमा बनेका सबै सरकार र विशेषगरी गृहमन्त्रीले अनुसन्धान गरी अपराधीलाई हदैसम्मको कारबाही गर्ने आश्वासन त दिएका छन्।सञ्चारकर्मी रहँदा यो प्रकरणको बारेमा दबाब दिएका रवि लामिछानेले पहिलोपटक गृहमन्त्रीको कार्यभार सम्हाल्दा निर्मलाको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय समेत गरेका थिए। दोस्रोपटक करिब ६ महिना गृहमन्त्री रहेर सरकारबाट बाहिरिँदै गर्दा असारको अन्तिम साता उनले अनुसन्धान नतिजा उन्मुख रहेको दाबी गरेका थिए। तर अहिलेसम्म ठोस नतिजा देखिएको छैन।निर्मलाको परिवारले अब अपराधी पत्ता लाग्ला भन्ने आश नै मारिसकेको छ। तर अहिले गृहमन्त्री रमेश लेखक आफ्नै क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि भएकोले अनुसन्धान प्रभावकारी हुने र दोषी चाँडै कानूनी कठघरामा आउने झिनो आशा पलाएको निर्मलाकी आमा दुर्गादेवी पन्त बताउँछिन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुर घटनाबारे सूक्ष्म ढंगले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताउँछ।


लुम्बिनी चिन्तन

थप समाचार