Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सुनको मूल्यमा बन्यो अर्को नयाँ रेकर्ड, आज कति पुग्यो ?


  • लुम्बिनी चिन्तन
  • आषाढ २८, २०८१ शुक्रवार
  • 362
    SHARES

सुनको मूल्यमा बन्यो अर्को नयाँ रेकर्ड, आज कति पुग्यो ?

भैरहवा, असार २८ । नेपाली बजारमा सुनको भाउले आज (असार २८ गते) अर्को नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख ४६ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४६ हजार रुपैयाँ निर्धारण भएको छ । यसअघि असार २३ गते पनि सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार भने छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ९०० रुपैयाँ कायम रहेको थियो ।  यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार २०० रुपैयाँ निर्धारण रहेको थियो  । पछिल्लो केहीदिन यता विश्व बजारमा पनि सुनको मूल्य बढ्दो क्रममा रहेको छ । सुनको मूल्यमा वृद्धि देखिनुमा आर्थिक मन्दी, डलरको भाउ मजबुत हुनु, मुद्रास्फीति बढ्नुलगायत कारणहरु रहेको अनुमान गरिएको छ । यस्तै, पछिल्ला महिनाहरुमा चीन लगायतका मुलुकहरुले भारीमात्रा सुन खरिद गरेर सञ्चय गरेको समाचारहरु आएका छन् । यसले पनि माग बढ्न गएको अनुमान गरिएको छ । यसैगरी, अन्य लगानीकर्ताहरु पनि सुनतर्फ आकर्षित भएको देख्न सकिन्छ । सञ्चय गर्न सजिलो, लगानीको सुरक्षित क्षेत्र भएकाले पनि यसतर्फ लगानीकर्ताको आकर्षण बढेको अनुमान गर्न सकिन्छ । शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १९ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको भाउ प्रतितोला १८ सय ८५ रुपैयाँ रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार