भैरहवा, असार २५ । नेपाली बजारमा सुनको भाउ मंगलबार तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर १ लाख ४४ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । 
यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १८ सय ८५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय ९० रुपैयाँ कायम रहेको थियो ।