भैरहवा, असार २१ । नेपाल राष्ट्र बैंकले बचतपत्र धनीलाई बचत फिर्ता लिन बोलाएको छ । राष्ट्र बैंकले एक सूचना जारी गरेर बचत फिर्ता लिन आग्रह गरेको हो । राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीहरुले बचत फिर्ता लिन नआएपछि केन्द्रीय बैंकले सूचना जारी गरेर बचत फिर्ता लिन बोलाएको हो । केन्द्रीय बैंकले सूचनामार्फत २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा व्याज आर्जित भुक्तानी लिन बाँकी रहेकाले यथाशिघ्र भुक्तानी लिन आग्रह गरेको छ ।