Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सातौ दिन पनि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?


  • लुम्बिनी चिन्तन
  • आषाढ २१, २०८१ शुक्रवार
  • 442
    SHARES

सातौ दिन पनि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

भैरहवा, असार २१ । नेपाली बजारमा सुनको भाउ सातौ दिन पनि बढेको छ । शुक्रबार सुनको भाउ १०० रुपैयाँले बढेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोल १ लाख ४४ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । 
सातौ दिन सम्ममा सुनको भाउमा ३६ सय रुपैयाँले उकालो लागेको हो । 
यसअघि गत शुक्रबार, आइतबार, सोमबार, मंगलबार, बुधबार र बिहीबार सुनको भाउ क्रमशः प्रतितोला १०००, २००, २००, १००, १६ सय र १०० रुपैयाँले बढेको थियो । यसअघि बिहीबार सुनको मूल्य १ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४३ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १८ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ तोलाको १८ सय ६५ रुपैयाँ कायम रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार