Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

केन्द्रीय बैंकः मुद्दति निक्षेपमा ४५ करोड रुपैयाँ लगानी गर्ने


  • लुम्बिनी चिन्तन
  • आषाढ २०, २०८१ बिहिवार
  • 392
    SHARES

केन्द्रीय बैंकः मुद्दति निक्षेपमा ४५ करोड रुपैयाँ लगानी गर्ने

भैरहवा, असार २० । मुद्दति निक्षेपमा नेपाल राष्ट्र बैंकले ४५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । उक्त रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा केन्द्रीय बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागिएको जानकारी दिएको छ । 
केन्द्रीय बैंकका अनुसार २०८१ साउन ३ गतेदेखि २०८२ साउन ३ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले बिहिबार असार २० गते राती ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेहुन्छ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३६ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ६ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २ करोड २५ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५% भन्दा कम भएको हुनुपर्नेछ । यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने, कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनुपर्ने लगायतका शर्त केन्द्रीय बैंकले तोकेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार