Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

२९ अर्ब ६६ करोडको ट्रेजरी बिल नवीकरण गर्दै सरकार


  • लुम्बिनी चिन्तन
  • आषाढ १७, २०८१ सोमवार
  • 326
    SHARES

२९ अर्ब ६६ करोडको ट्रेजरी बिल नवीकरण गर्दै सरकार

भैरहवा, असार १७ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । कार्यालयले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको  २९ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । 
मंगलबार (असार १८ गते) जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार असार १७ गते दिउँसो १ बजेदेखि ३ बजे उक्त ट्रेजरी बोलकबोल हुनेछ । 
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी साउन १५ गते परिपक्व हुनेछ । साथै, ९१ दिनका लागि ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी मंसिर १५ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी पुस १६ गते परिपक्व हुनेछ । साथै, १ वर्षको लागि ८ अर्ब ९१ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८२ असार १७ गते परिपक्व हुनेछ ।ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।  सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।


लुम्बिनी चिन्तन

थप समाचार