Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सुनको भाउ सामान्य बढ्दा चाँदी दोस्रो दिन पनि स्थिर


  • लुम्बिनी चिन्तन
  • आषाढ १७, २०८१ सोमवार
  • 266
    SHARES

सुनको भाउ सामान्य बढ्दा चाँदी दोस्रो दिन पनि स्थिर

भैरहवा, असार १७ । नेपाली बजारमा सुनको भाउ सोमबार पनि तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख ४२ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । आइतबार पनि सुन तोलामा २०० रुपैयाँले बढेको थियो । यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४१ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।
चाँदीको भाउ भने आज पनि स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १७ सय ९० रुपैयाँ कायम रहेको छ । आइतबार पनि चाँदीको मूल्य स्थिर रहेको थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३२२.९८ डलरमा र चाँदी प्रतिऔंस २९.०४ डलरमा कारोबार भइरहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार