Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो, यस्तो छ आजको बजार मूल्य


  • लुम्बिनी चिन्तन
  • आषाढ १४, २०८१ शुक्रवार
  • 294
    SHARES

सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो, यस्तो छ आजको बजार मूल्य

भैरहवा, असार १४ । नेपाली बजारमा सुनको भाउ शुक्रबार तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार १०० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि बिहीबार छापावाल सुन तोलाको १ लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४० हजार १०० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १७ सय ९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १७ सय ८० रुपैयाँ कायम रहेको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार