Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

१५ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै सरकार


  • लुम्बिनी चिन्तन
  • आषाढ १०, २०८१ सोमवार
  • 424
    SHARES

१५ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै सरकार

भैरहवा, असार १० । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९१ दिन र १ वर्षको लागि १५ अर्ब ११ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९१ दिनको लागि १० अर्ब ११ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी असोज ८ गते परिपक्व हुनेछ । साथै, १ वर्षको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८२ असार १० गते परिपक्व हुनेछ ।
मंगलबार (असार ११ गते) जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार असार १० गते दिउँसो ३ बजे बोलकबोल हुनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
 ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । 


लुम्बिनी चिन्तन

थप समाचार