Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लगातार तिनदिन देखी स्थिर रहेको सुनको भाउ बढ्यो


  • लुम्बिनी चिन्तन
  • आषाढ ६, २०८१ बिहिवार
  • 388
    SHARES

लगातार तिनदिन देखी स्थिर रहेको सुनको  भाउ बढ्यो

भैरहवा, असार ६ । लगातार तिनदिन देखी स्थिर रहेको सुनको भाउ बिहीबार तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ मूल्यमा कायम भएको जनाएको छ । 
विगत तीन दिनसम्म सुनको मूल्य १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि सुन जेठ २५ गते तोलाको १ लाख ४५ हजार रुपैयाँसम्म पुगेको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८०५ रुपैयाँ रहेको चाँदी आज १८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 


लुम्बिनी चिन्तन

थप समाचार