Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

चिनियाँ मन्त्रीद्धारा लुम्बिनी भ्रमण, लुम्बिनीको प्रवद्र्धनका लागि विमानस्थलमा उडान गर्ने प्रतिबद्धता


  • लुम्बिनी चिन्तन
  • जेठ ३०, २०८१ बुधवार
  • 352
    SHARES

चिनियाँ मन्त्रीद्धारा लुम्बिनी भ्रमण, लुम्बिनीको प्रवद्र्धनका लागि विमानस्थलमा उडान गर्ने प्रतिबद्धता

 


भैरहवा जेष्ठ ३० । 
चिनका राष्ट्रिय धार्मिक साँस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुइफेंङले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । 
चिनको धार्मिक तथा साँस्कृतिक मन्त्रालय हेर्ने मन्त्री सहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमे) ले स्वागत गरेका हुन् । 
बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामि दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहार मार्फत लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने एव्म नेपाल चिनको साँस्कृतिक सम्बन्ध दिगो बनाउने उदेश्यका साथ लुम्बिनी भ्रमणमा आएको मन्त्री रुइफेंङले बताए । 
मन्त्री रुइफेंङले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्ति दीपको भ्रमण गर्दै लुम्बिनीबारे जानकारी लिएका थिए । 
भ्रमणका क्रममा कोषका उपाध्यक्ष डा. लामाले लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेकाले चिनबाट नियमित उडानका लागि तत्तकाल पहल गर्न आग्रह गरे । 
उनले नियमित उडान हुँदा बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनसँगै बुद्धको सन्देश विश्वव्यापी बनाउन सकिने भएकाले छिमेकी राष्ट्रको हिसाबले सहयोगका लागि पहल गर्न आग्रह गरे । 

2 (1).JPG
यस्तै चिनसँग नेपालको पुरानो सम्बन्ध रहेको बताउँदै आफूहरु लुम्बिनीमा चिनिया तीर्थयात्रुहरुलाई स्वागत गर्न सधै आतुर रहेको बताए । 
उपाध्यक्ष डा. लामाको विमानस्थलप्रतीको चासोप्रति चिनियाँ मन्त्री रुईफेंङले चिनबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने प्रतिबद्धता जनाए ।  
उनले आफूहरु लुम्बिनी र नेपालसँगको सहकार्यका लागि सदैव सकरात्मक रहेको बताउँदै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चिन सरकार तयारीमा जुटिसकेकाले छिट्टै उडान हुने प्रतिबद्धता जनाए । 
उनले राजनीतिक रुपमा सचेत व्यक्ति लुम्बिनी विकास कोषको उपाध्यक्ष भएकोमा देख्दा निकै खुशी लागेको बताउँदै चिन सरकार बुद्ध, लुम्बिनी र नेपालीहरुसँग सहकार्यका लागि सदैव सकरात्मक रहने बताए । 
मन्त्री रुइफेंङसँगै नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्ग, चिनको  राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला ब्यूरो प्रमुख हुआंग झिहुई सहितका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । 

nbnbnbn.jpg
लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवाली , सिदार्थनगर उधोग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ , लुम्बिनी होटल संघका महासचिव पुरुसोत्तम अर्याल ,लगायतको टोलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानआर्कषण गराउँदै अनुरोध पत्र बुझाएका थिए । सिदार्थनगर उधोग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले अनुरोध पत्र बुझाउदै निजी क्षेत्रमा चिनीया लगानी भित्राउन आग्रह गरे । 


लुम्बिनी चिन्तन

थप समाचार