भैरहवा जेठ २१ ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
यस्तै रुपन्देहीमा आलु, दाङमा तोरी र तरकारी, रोल्पा र रुकुममा स्याउ र वर्षे आलुलाई विशेष प्राथमिकता दिइएको छ। कपिलवस्तु र बाँकेमा भैँसी र माछा पालनमा जोड दिइएको छ । पर्यटन विकासका लागि रोल्पा, रुकुममा साहसिक खेल कार्यक्रम प्रवर्द्धन गरिने समेत जनाइएको छ । लुम्बिनीसँग जोडिएको देवदह, रामग्राम र तिरोकोटलाई सङ्घीय सरकारसँग सहकार्य गरेर थप पर्यटन आगमन गर्ने काम गरिने घोषणा समेत कार्यक्रममा गरिएको छ ।