Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लुम्बिनीका बिहारले दिन्छन् पर्यटकलाई होटेलको सुविधा, आत्मदाह गर्ने चेतावनी दिँदै व्यवसायी आन्दोलित


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ३०, २०८० बुधवार
  • 358
    SHARES

लुम्बिनीका बिहारले दिन्छन् पर्यटकलाई होटेलको सुविधा, आत्मदाह गर्ने चेतावनी दिँदै व्यवसायी आन्दोलित

भैरहवा, फागुन २९ ।

लुम्बिनीका होटेल व्यवसायी आन्दोलित भएका छन्। लुम्बिनी क्षेत्रभित्र रहेका बिहारले होटेलसरह सुविधा दिएर पर्यटक राख्न थालेपछि लुम्बिनी होटेल संघसँग सम्बद्ध व्यवसायी आन्दोलित बनेका हुन्।

उनीहरूले मंगलबार लुम्बिनी विकास कोषमा ज्ञापनपत्र बुझाउँदै एक हप्ताभित्र समस्या समाधान नगरे आत्मदाह गर्नेसम्मको चेतावनी दिएका छन्।

लुम्बिनी विकास कोषमा ज्ञापनपत्र बुझाउन पुगेका लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवालीले एकहप्ता समय दिएको र यो समयभित्र माग पूरा नभए आत्मदाह गर्न व्यवसायी बाध्य हुने बताए।
division.jpg

ज्ञापनपत्र बुझ्दै कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले सम्बन्धित सबै स्थानमा कुरा राख्ने बताए। ज्ञवालीले भने, ‘लुम्बिनी आएका सबै पर्यटक बिहारभित्र राख्नाले बाहिर होटेल व्यवसायी मर्न बाध्य छौँ। जब हामी नै मर्दै छौँ भने हामीले लुम्बिनी विकास कोषलाई पनि चिन्दैनौँ।’ 

संघका महासचिव पुरुषोत्तम अर्यालले १२ वर्षदेखि यही माग राख्दै आएको र अब सहन सक्ने अवस्था नरहेको बताए। अनलाइनबाट बुकिङ गरेर १० दिनका लागि लुम्बिनी आएका पर्यटक बिहार भ्रमणमा गएपछि अर्को दिन बुकिङ क्यान्सिल गर्ने गरेको उनले बताए।

लुम्बिनीका अधिकांश बिहारमा दैनिक ५० देखि दुई सयसम्म विदेशी पर्यटक बस्दै आएका छन्। लुम्बिनीमा करिब ९५ होटेल रहेकोमा अहिले १५ वटा बन्द भइसकेका छन्। यस्तै, अन्य १५ वटा होटेल बन्द हुने अवस्थामा पुगेको अर्यालले बताए। यहाँ होटेल क्षेत्रमा मात्रै सात अर्बभन्दा बढी लगानी भइसकेको छ।

लुम्बिनीभित्र रहेका थाई, चाइना, कोरिया, म्यानमार, कम्बोडियालगायतका बिहारले पर्यटक राख्दै आएका छन्। हरेक बिहारमा सयदेखि चार सय पर्यटकलाई एकैपटक सेवा दिन सकिने व्यवस्था छ।

लुम्बिनी गुरुयोजनामा एक बिहारमा एक पुजारी र तिनलाई स्याहार सुसार गर्नका लागि आवश्यक केही व्यक्ति बस्न मिल्ने चार कोठासम्मको भवन निर्माण गर्न सक्ने व्यवस्था छ। तर, कोषभित्र रहेका बिहारले गुम्बा निर्माणभन्दा पनि होटेलशैलीमा बस्ने भवन निमार्णलाई तीव्रता दिएका छन्।

जसका कारण लुम्बिनी भ्रमणका लागि आउने हरेक विदेशी आ–आफ्नै बिहारमा बस्नाले होटेल व्यवसायी मारमा परेका हुन्। 
 


लुम्बिनी चिन्तन

थप समाचार