Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

साताब्यापी कार्यक्रम गर्दै ७२ औं अन्र्तराष्ट्रिय भन्सार दिवस मनाईदै


  • लुम्बिनी चिन्तन
  • माघ ३, २०८० बुधवार
  • 342
    SHARES

साताब्यापी कार्यक्रम गर्दै ७२ औं अन्र्तराष्ट्रिय भन्सार दिवस मनाईदै


भैरहवा पौष २


७२ औं अन्र्तराष्ट्रिय भन्सार दिवस साताव्यापी कार्यक्रम गरि मनाईदै छ । माघ ५ गते देखि १२ गते सम्म बिभिन्न सचेतना मूलक एवम अन्य बिविध कार्यक्रमहरुका साथ भन्सार दिवस मनाउने निर्णय गरिएको छ । 
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार यसको लागि माघ ५ गते भन्सार एजेन्ट सहितको मूल समारोह समिति गठन गरिने बताए । सोही दिन ७२ औं अन्र्तराष्ट्रिय भन्सार दिवसको नारा र तुल, लोगो अंकितहोर्डिङ्ग बोर्ड, ब्यानर लगायत प्रचार प्रसार सामाग्रीहरु तयार गरि दिवसको  प्रचार गरिनेछ । 
माघ ७गते समकक्षी भन्सार संग बैठक गरि ब्यपार सहजीकरणको बिषयमा अन्तरक्रियात्मक कार्यक्रम गर्ने, ८ गते प्रशिक्षण तथाअभिमुखीकरण कार्यक्रमएवम राजस्व चुहावट नियन्त्रण समितिको बैठक बस्ने गौतमले जानकारी दिए । 
माघ ९ गते ७२ औं अन्र्तराष्ट्रिय भन्सार दिवसकै अवसरमा बिभिन्न खेलकुद प्रतियोगिताहरुको आयोजना गर्ने र भन्सार यार्ड तथाकार्यालय परिसरको सरसफाई गर्ने कार्यक्रम रहेको छ । यस्तै माघ १० गते निजि क्षेत्रसंग सम्बन्धित संघ संस्थाहरु, सरोकारवालानिकाय, भन्सार एजेण्ट, पत्रकार सहितको सहभागीतामा बेरुजु फछर्यौंट, किटानी घोषणा, ब्यपारीलाई सहि सूचनादिने बिषय लगायत भन्सार कानूनको परिपालना सम्बन्धमा अन्तरक्रिया कार्यक्रम, परिसम्वाद लगायतका छलफल तथा कार्यक्रम गर्ने गौतमले बताए । 
यस्तै सोहीदिन साँझ देखि भन्सार परिसर, यात्रु शाखातथा डण्डा गेटमा ३ दिन सम्म दिपावली गरि दिवसलाई उत्सवको रुपमामनाईदै छ । 
माघ ११ गते सामाजिक उत्तरदायित्व अन्र्तगतका कायक्रमहरु अन्र्तगतका बिभिन्न कार्यक्रमहरु आयोजना हुनेछ । अन्तिमदिन माघ १२ गते भैरहवा भन्सार कार्यालयमा भन्सार एजेण्ट र सरोकारवाला निकायहरुसंग समन्वय गरि स्वास्थ्य परिक्षण शिविर कार्यक्र आयोजना गरिदै छ । यस्तै सोहीदिननिजि क्षेत्रसंग सम्बन्धित संघ संस्थाहरु, सरोकार वालानिकाय तथा भन्सार एजेण्ट सहितको सहभागीतामा शुभकामना आदान प्रदान, पुरस्कार, प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरि दिवसको समापन गरिने प्रमुखभन्सार अधिकृत नारद गौतमले बताए । 
हरेकवर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिन्छ । विश्वभन्सार संगठनको निर्णयअनुसार हरेक जनवरी २६ मा यो दिवस मनाउन थालिएको हो ।


लुम्बिनी चिन्तन

थप समाचार