Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

४० करोड लागतमा वृज ग्लास उद्योग


  • लुम्बिनी चिन्तन
  • आश्विन १२, २०८० शुक्रवार
  • 950
    SHARES

४० करोड लागतमा वृज ग्लास उद्योग

भैरहवा असोज १२/

केडिया अर्गनाइजेशन अन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योगले शुक्रबार देखि उत्पादन सुरु गरेको छ । रोहिणी गाउपालिका वडा नम्बर ४ छिपागढमा उद्योगले अत्याधुनिक मेशीन जडान गरि उत्पादन सुरु गरेको हो ।

विभिन्न आकार, मोटाइ तथा जीवन्त रङ्गहरूमा लेमिनेटेड शिशा, टिन्ड शीशा, इन्सुलेटेड शीशा, रीफ्लेक्टिभ शीशा लगायत उपलब्ध गराउने अर्गनाइजेसनका प्रवन्ध निर्देशक उत्सव केडीयाले बताए । कम्पनीले आवासीय, व्यावसायिक, संस्थागत तथा औद्योगिक परियोजनाहरूको संरचनागत तथा सजावट आवश्यकताहरू पूर्ति गर्दै आइरहेको उनले बताए ।

"आफ्ना उत्पादनमार्फत सुन्दर र व्यवहारिक समाधान प्रदान गर्ने अटल प्रतिबद्धता लिएको वृज सेफ्टी ग्लास उद्योग नवप्रवर्तन र गुणस्तरको अग्रपङ्क्तिमा उभिएको छ ।" केडीयाले भने "वृज सेफ्टी ग्लास उद्योगको सफलताको केन्द्रमा भने यसको अत्याधुनिक प्रशोधन प्लान्ट नै रहेको छ ।

" कारखानामा नेपालमै सबैभन्दा ठूलो दैनिक १२ हजार वर्ग फीट सिसा उत्पादन गर्ने क्षमता रहेको उनले बताए । कम्पनीले त्रुटि र कमीको सम्भावना लगभग शून्य नै हुने गरि पूर्ण रूपमा कम्प्यूटराइज्ड र स्वचालित उत्पादन गरिरहेको केडीयाले बताए । कम्पनीका सबै उपकरणहरू यूरो मापदण्ड अनुसार रहेका छन ।

यसले गर्दा वृज सेफ्टी ग्लासका हरेक उत्पादन अन्तर्राष्ट्रियस्तरको हुनेमा ढुक्क हुन सकिने केडीयाको भनाइ छ । ४० करोडको लगानीमा उद्योग स्थापना भएको र यसमा २ सय बढीले रोजगारी पाएका छन । उद्योगको अध्यक्ष मनोज केडिया, निर्देशकहरू गौरव अग्रवाल, अजय गुप्ता र सतीश केडिया रहेका छन ।

यस्तै प्रबन्ध निर्देशक सत्यम केडियाले रोजगारीका अवसर सिर्जना गर्ने र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने कम्पनीको प्रतिबद्धतालाई मूर्त रूपमा कार्यान्वयन गरि नेपालको उन्नतिमा योगदान पु¥याउन समर्पित रहेको बताए ।


लुम्बिनी चिन्तन

थप समाचार