लुम्बिनी होटल संघको अध्यक्षमा पुनः ज्ञवाली
भैरहवा असोज ७/
लुम्बिनी विकासकोष भित्रका गुम्बाहरुमा होटल सरहको सुविधा दिएर संचालन गर्ने वातावरण नवनाउन लुम्बिनी क्षेत्रका होटल ब्यावसायीहरुले आग्रह गरेका छन् । करोडौँ लगानी गरेर होट ब्यावसायीहरुले सेवा दिदा गूम्बाको नाममा व्यवसाय गर्न नपाइने उनिहरुले बताएका छन् ।
लुम्बिनी होटल संघ नेपालको पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनका अवसरमा बोल्दै लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले कुनै पनि हालतमा कोष भित्र गुम्बाको नाममा होटल संचालन गर्नु हुदैन कोषले गलत काम गरे आन्दोलनमा जाने चेतावनी दिए । लुम्बिनी विकासकोष भित्रका गुम्बाहरुमा होटल सरहको सुविधा दिएर संचालन गर्ने र व्यवसायी जस्तै करको दायरामा ल्याउने भए सबै होटल व्यवसायीलाई विकास कोषले ठाँउ दिनु पर्ने उनले बताए ।
सो अवसरमा बोल्दै अध्यक्ष ज्ञवालीले बैकको ज्यादतीका कारण होटल व्यवसाय डुब्ने स्थितीमा गएको बताए । मुलुकमा आर्थिक संकटहुदा पनि बैंकको ज्यादती कायम रहेकोले होटल लिलाम भएको र हुने क्रममा रहेको उनले बताए । बैंकले लगानी गर्ने समयमा तोकेको व्याजदर भन्दा दुईगुणा सम्म बढाउदै जादा बैंकको कठोर नियमले पर्यटन व्यवसायीहरु धरासायी हुदै गएकोले अहिले बैंक व्याज तिर्ने अवस्था समेत नरहेको ज्ञवालीले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले मुलुकको अवस्था जर्जर रहेकोले समस्या समाधान गर्न हरेश नखाई आर्थिक विषयमा संवाद गर्न जरुरी रहेको बताए । गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थलको सपना देखाएर निजी क्षेत्रले धेरै लगानी गरकोमा अहिले लगानी डुब्ने स्थितीमा रहेको बताए ।
सिद्धार्थ उद्योग वाण्ज्यि संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले जुन उद्देश्यले निजी क्षेत्रले पर्यटन व्यवसायमा लगानी गरेको छ अहिले सम्म प्रतिफल प्राप्त नभएको बताए । राष्ट्र बैंकको ऐन नियम नै कठोर बनाएकोले निजी क्षेत्र अगाडि बढ्ने स्थिती नरहेको उनले बताए ।
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सि.के.)ले देशलाई उद्योगी व्यवसायीले जोगाएको बताउदै उनीहरुको संरक्षण गर्न सरकारको दायित्व रहेको बताए । व्यवसायीहरुको समस्या समाधानका लागि आफु पनि साथ दिन तयार रहेको उनले बताए । भारतिय पर्यटक र तेस्रो मुलुकको पर्यटकहरुलाई समान ब्यावहार गर्न उनले आग्रह गरे ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भटराईले लुम्बिनीमा पर्यटकको आगमन बढेकोले पर्यटन क्षेत्रमा सुधार भएको देखिएको बताए । स्थानीयसँग लुम्बिनी विकास कोषको सहकार्य गर्न नितिगत व्यव्स्थापन गर्न लागिएको बताए ।
लुम्बिनी सास्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख राजेन्द्र जयसवालले पर्यटकहरु सिधै लुम्बिनी विकास कोष जाने र फर्किने गरेकोले स्थानीयले यसको लाभ लिन नसकेको बताए । पर्यटन ब्यावसायी हेम विष्टले सरकारले आध्यत्मिक क्षेत्रमा खासै लगानी नगरी भौतिक र पूर्वाधार क्षेत्रमा मात्रै लगानी गरेको बताए ।
गैडहवा गाँउपालिकका अध्यक्ष सुरेन्द्र पौडेलले मायादेवी मन्दिर परिसरमा व्यवस्थापन राम्रो गरेर, पर्यटकलाई सहज र आकर्षित हुने माहोल बनाउन आग्रह गरे ।
होटल संघको अध्यक्षमा पुनः ज्ञवाली

लुम्बिनी होटल संघको अध्यक्षमा दोश्रो कार्यकालको लागि गोविन्द प्रसाद ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । दुई वर्षे कार्यकालका लागि संघको वरिष्ठ उपाध्यक्षमा लिलामणि शर्मा, उपाध्यक्षमा शेखर कार्की, महासचिव पुरुषोत्तम अर्याल, कोषाध्यक्ष किरण प्रसाल कण्डेल, सचिव भुपेन्द्र गुरुङ्ग र सह कोषाध्यक्षमा पुष्पाखर न्यौपाने निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा टीका कुमारी कट्टेल, पदमा न्यौपाने, दिपक पङेनी, एकराजकण्डेल (सागर), कृष्ण बहादुर, जगत थापा, धिरज भण्डारी र प्रदिप भट्टराइ निर्वाचित भएका छन ।