भैरहवा भदौ २१/
भैरहवाको मुटु मानिने आवारोडमा ५ करोडको लगानीमा सांवरिया आईतबारदेखि सञ्चालनमा आउँदै छ । मिठाईका पारखीका लागि नौलो एवम् विविध स्वादका मिठाईहरु तथा शाकाहारी एवम जैन परिकार उपलब्ध गराउने उद्देश्यसहित सांवरिया सञ्चालनमा आउँदै छ ।
एजी फुड प्रोडक्ट्स प्राली अन्तर्गतको सांवरियामा स्थानीय ब्यवसायीहरु अरुण अग्रवाल, कृष्ण प्रसाद शर्मा (सानु), आदर्श अग्रवाल एवम् बुटवलका ब्यवसायी ज्ञानेन्द्र कार्की तथा काठमाण्डौंका गौरव दारुका लगानी रहेको छ । आर्कषक सजावट र ग्राहकको सुविधालाई मध्यनजर गरि सञ्चालनमा ल्याईएको सांवरियामा बिभिन्न प्रकारका उच्च गुणस्तर युक्त मिठाई, प्रभातकालीन नास्ता, दिउसोको खाजा उपलब्ध रहेको यसका सञ्चालक अरुण अग्रवालले जानकारी दिए । सांवरियामा दक्षिण भारती खाजा संगै चिनिया परिकार उपलब्ध रहने अग्रवालले जनाए ।

उनले सांवरियामा रहेका सम्पूर्ण मिठाईका परिकारको शुद्धता एवम गुणस्तर तथा सरसफाईमा कुनै कमि हुन नदिने बताए । साथै यसमा पाईने परिकार उपभोक्ताले “होम डेलिभरि”को माध्यमबाट घरघरै पुर्याइने जनाए । सञ्चालनको सम्पूर्ण तयारी पुरा भईसकेको र यहि आईतबार, सोमबार र मंगलबार गरि ३ दिनको यसको उदघाटनको तयारी गरिएको छ ।