भैरहवा भदौ १५/
सिमानाका ब्यवस्थित गर्नु पर्ने माग राख्दै सिद्धार्थ संजाल रुपन्देहीले जिल्ला प्रशासन कार्यालय र भैरहवा भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
सिद्धार्थ संजाल रुपन्देहीले बिभिन्न समसामयिक बिषयहरुलाई समेटेर जिल्ला प्रशासन कार्यालय रुपन्द्येही र भैरहवा भन्सार कार्यालयको ध्यानकर्षण गराउदै ज्ञापनपत्र बुझाएको संजालका अध्यक्ष अनिल ज्ञवालीले जानकारी दिए ।
सुक्रबार संजालका अध्यक्ष अनिल ज्ञवालीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेयलाई ज्ञापन पत्र बुझाएको हो ।
भारत बाट समान लोड गरी आउने भारतीय ट्र्रकलाई गर्ने जरिवाना रकम बैकमा दाखिला गरि भौचर आए पछि मात्र छाड्ने नियम ब्यावहारीक नभएको संजालले जनाएको छ । सडकमा रहेका गाडीहरुको जरिवाना सडक बाटै तिर्ने ब्यावस्था गर्न माग गरेको छ । त्यसैगरी सिमानाका ब्यावस्थितगर्न माग गरेको छ । छ लेन सडक तत्काल सक्नु पर्ने , सिमानामा पर्यटकहरुलाई सहज रुपमा आवतजावत गर्ने ब्यावस्था गर्न संजालले माग गरेको छ ।
त्यसैगरी भारतीय पर्यटकहरुले २५ हजार भन्दा बढी भारतीय रकम ल्याउन नपाउने नियमलाई पुनरावलोकन गर्न माग गरेको छ । चोरी पैठारी पुर्ण रुपमा नियन्त्रण गर्नु पर्ने , रात्रिकालीन ब्यावसायलाई सहज तरिका बाट संचालन गर्न दिनु पर्ने लगायतका मागहरु संजालले अगाडी सारेको छ ।
त्यसैगरी संजालले भैरहवा भन्सार कार्यालयमा पुगी सोहि ज्ञापनपत्र बुझाएको थियो । भन्सार प्रमुख मणिराम पौडेल समक्ष संजालले जिल्ला प्रसाशन कार्यालयमा बुझाएको ज्ञापनपत्रलाई बोदार्थका रुपमा पेश गरेको थियो ।