Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिद्धार्थ नगरपालिकाले बढाएको व्यवसाय करको दर तत्काल संशोधन माग


  • लुम्बिनी चिन्तन
  • भाद्र ३, २०८० आइतवार
  • 416
    SHARES

सिद्धार्थ नगरपालिकाले बढाएको व्यवसाय करको दर तत्काल संशोधन माग

भैरहवा भदौ ३/
सिद्धार्थनगर नगरपालिकाले वृद्धि गरेको व्यवसाय करको दर संशोधन नगरिए आन्दोलनमा उत्रिने उद्योगी व्यवसायीले चेतवानी दिएका छन । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन) ले आइतबार संयुक्त रुपमा नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएका हुन् । 

नगरपालिका कार्यालयद्वारा लागू गरिएको आर्थिक वर्ष २०८०/८१ को व्यवसाय करको दरमा गम्भिर ध्यानाकर्षण भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।

राजस्व परामर्श समितिमा छलफल तथा सहमति भएको भन्दा फरक ढंगबाट आ.व.२०८०/८१ को व्यवसाय करको दर रेट सिद्धार्थनगर नगरपालिकाले प्रकाशन गरेको चेम्बर अफ कमर्सका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

‘नगरमा अवस्थित सम्पूर्ण उद्योगी व्यवसायीहरुको व्यापक रुपमा गुनासो आएकोले सो सम्बधमा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र उद्योग व्यापार संगठन, रुपन्देहीको संयुक्त रुपमा विमति रहेको उक्त व्यवसाय करको दरमा यथाशिघ्र संशोधन गर्न हार्दिक अनुरोध गर्दछौं । अन्यथा आन्दोलनमा उत्रन बाध्य हुने व्यहोरा समेत जानकारी गराउदँछौ, ’ज्ञापनपत्रमा उल्लेख छ ।

Press release from SiCCI.jpg

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख इश्तियाक अहमद खानले उद्योगी व्यवसायीका माग सम्बोधनका लागि आवश्यक छलफल अगाडि बढाउने आश्वासन दिए । 


लुम्बिनी चिन्तन

थप समाचार