Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

भैरहवामा दुई करोडको लगानीमा दिव्यम स्वीटस एण्ड स्न्याक्स सन्चालनमा


  • लुम्बिनी चिन्तन
  • श्रावण २०, २०८० शनिवार
  • 712
    SHARES

भैरहवामा दुई करोडको लगानीमा दिव्यम स्वीटस एण्ड स्न्याक्स सन्चालनमा

भैरहवा साउन २०/
भैरहवाको देवकोटा चोकमा दुई करोडको लगानीमा दिव्यम स्वीटस एण्ड स्न्याक्स सन्चालनमा आएको छ ।

जेठको अन्तिम साताबाट सन्चालनमा आएको दिब्यममा साउथ इन्डियन, नर्थ इन्डियन, विभिन्न चाट, चाइनिज परिकार, विभिन्न पेय पदार्थ, थरी थरिक मिठाई एवम खाना र खाजाका परिकार पाइने यसका प्रवन्ध निर्देशक श्याम सुन्दर अग्रवालले जानकारी दिए ।

ग्राहकले प्रत्यक्ष देख्न र हेर्नसक्ने गरी हरेक परिकार बनाइने गरि भान्छा कोठा तयार गरिएको अग्रवालले बताए । दिव्यम स्वीट्स एण्ड स्नयाक्समा बट्टाको तौल नलिई विशुद्ध मिठाई मात्रै तौलेर ग्राहकलाई उपलब्ध गराएको यसका प्रवन्धक अभिषेक अग्रवालले जानकारी दिए । ग्राहकले आफूले खाएको अथवा खरिद गरेको वस्तुको भ्याटबिल पाउने व्यवस्था रहेको उनले बताए ।

दिब्यममा रातीको ८ बजे देखि १० बजे सम्म छेना मिठाइहरुमा ३० प्रतिशत छुट र साउन महिनाभर सबै प्रकारका मिठाईमा १० प्रतिशत छुटको व्यवस्था रहेको अग्रवालले जानकारी दिए । मिठाइको हब रहेको भैरहवामा दिब्यमले फरक ब्राण्ड स्थापना गर्ने प्रवन्ध निर्देशक श्याम सुन्दर अग्रवालको भनाइ छ ।


लुम्बिनी चिन्तन

थप समाचार