Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

बेलहिया नाकामा यस्तो बन्दैछ स्वागतद्धार


  • लुम्बिनी चिन्तन
  • श्रावण ३, २०८० बुधवार
  • 3.8K
    SHARES

बेलहिया नाकामा यस्तो बन्दैछ स्वागतद्धार

 

भैरहवा साउन ३।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नेपाल भारत सीमानाका बेलहियामा आर्कषित स्वागतद्धार निर्माण थालेको छ ।

हाल नाकामा रहेको मुलुकको स्वागतद्धार ६ लेन सडक विस्तारको क्रममा भत्किने भएपछि नगरपालिकाको कार्यालयले पशुपतिनाथ मन्दिरको आकार झल्किने गरी नाकामा स्वागतद्धार निर्माण थालेको हो ।

स्वागतद्धारको संरचना ‘एम.एस पाइप’ ले निर्माण कार्य भइरहेको छ भने फिनिसिङ्गका लागि ‘अल्ट्रा हाइ ग्लोस वाटर प्रुफ पिभिसी हेजागमन मेस’ लगायत प्रयोग गरिने सिद्धार्थनगर नगरपालिकाका इन्जिनियर साकार श्रेष्ठले बताए ।

356771991_960104591728349_8422512543164047612_n.jpg

उक्त स्वागतद्धारमा डिजिटिल बोर्ड, लाइटिङ्ग लगायतका प्रविधिहरु जडान हुनेछ भने स्वागतद्धारको दक्षिण तर्फ ‘वेलकम टु नेपाल’ लेखिनेछ । निर्माण भइरहेको स्वागतद्धारको भौतिक प्रगति २६ दशमलव १९ प्रतिशत रहेको छ ।

‘हाल रहेको स्वागतद्धार सडक विस्तारको क्रममा भत्किने भएपछि खुल्ला सीमाका कारण पर्यटकहरुलाई मुलुकको पहिचान गर्न पनि समस्या पर्न सक्ने देखियो’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले भने, ‘त्यसैले सीमामा मुलुकको संस्कृति पहिचान सहित स्वागतद्धार निर्माण थालेका हौँ ।’

add sai 26.jpg

उनले थपे– स्वागतद्धारले हाम्रो संस्कृति पनि झल्किने छ र मुलुकमा प्रवेश गर्ने पर्यटकहरुलाई नेपालमा प्रवेश गरिरहेको जानकारी पनि प्राप्त हुनेछ ।

सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले सीमामै स्वागतद्धार निर्माणले मुलुकमा प्रवेश गरिरहेको सर्वसाधरण÷पर्यटकहरुलाई नेपाल–भारत सीमाको पहिचान र सहजता दुवै हुने बताइन् ।

‘पहिला सीमा देखि करिब २५ मिटर टाढा मुलुकको स्वागतद्धार (भत्काउन लागिएको) बनाइएको रहेछ’ उनले भनिन्, ‘तर, अहिले हामीले दशगजा नजिक नै मुलुकको स्वागतद्धार निर्माण गरिरहेका छौँ ।’

bhairahawa namuna.jpg

एक करोड ६४ लाख रुपैयाँमा निर्माण सुरु भएको उक्त स्वागतद्धार २०८० पौष मसान्तसम्म काम सम्पन्न गर्ने गरी कार्य भइरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए ।


लुम्बिनी चिन्तन

थप समाचार