Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रुपन्देहीका होटल ब्यावसायीहरु संकटमा , घिरौलाका लहराले छोपिन थाले होटल


  • लुम्बिनी चिन्तन
  • आषाढ ३१, २०८० आइतवार
  • 486
    SHARES

रुपन्देहीका होटल ब्यावसायीहरु संकटमा , घिरौलाका लहराले छोपिन थाले होटल

दिपेश पछाई ,
भैरहवा असार ३१/
तस्विरमा देखीएको फोटो युनिभर्षल मेडिकल कलेज अगाडीको होटलको फोटो हो । यो होटल बिगद ५ महिना देखी बन्द छ । अहिले होटल अगाडीको भागलाई घिरौलाको लहराले छोपेको छ भने होटेलको साईनबोर्ड खसेर झुण्डिएको छ । यो रुपन्देहीमा रहेका होटलहरुको देखीने प्रतिनिधीमुलक पात्र मात्र हो । यस्तो समस्या बोकेका होटलहरु अहिले रुपन्देहीले दर्जनौ पुगेका छन् । 
बिगद आठ बर्ष देखी पर्यटन क्षेत्रमा भविष्य देखेर उत्साहित भएका रुपन्देहीका पर्यटन व्यवसायीहरू अहिले संकटमा छन् । भैरहवामा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लगानी गर्दै आएका होटेल व्यवसायीहरू अहिले घरभाडा र बैंकको किस्ता तिर्न नसक्ने अवस्थामा रहेको होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका निर्वतमान अध्यक्ष गणेश बेलवासेले बताए ।   

bhairahawa namuna.jpg

उनले भने, ‘विमानस्थललाई हेरेर पर्यटन क्षेत्रमा करोडौँ लगानी गरेका व्यवसायीहरू एक वर्षदेखि निरुत्साहित छन् ।’ विमानस्थल नियमित सञ्चालनमा आएपछि अवस्था सुध्रिने आशामा नोक्सान हुँदाहुँदै पनि कुरेर बसेका व्यवसायीहरू एक वर्षको विमानस्थल सञ्चालनको अवस्था हेर्दा पलायन हुन थालेको उनले बताए । अहिले भैरहवाको मेडिकल कलेज, आँखा अस्पताल, बुद्धचोक, लुम्बिनी रोडलगायतका क्षेत्रमा रहेका दुई दर्जन होटेलहरू बन्द भइसकेको उनको भनाइ छ ।

 ०७१ माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ०७४ पुस मसान्तभित्र सम्पन्न भइसक्नुपर्ने थियो । यही आधारमा रुपन्देहीका पर्यटन व्यवसायीहरूले लगानी बढाउँदै लगेका थिए ।

भूकम्प, मधेस आन्दोलन, कोरोना आदिका कारण समयमै पूरा हुन नसकेको विमानस्थल ०७९ जेठमा सम्पन्न भएर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । ०७१ देखि ०७९ सम्मको आठ वर्ष लामो अवधिमा पर्यटन व्यवसायीहरूले जसोतसो धान्दै आएका थिए ।

add sai 26.jpg

विमानस्थल सञ्चालनमा आएसँगै आठ वर्षको पीडा समाधान हुने आसमा थिए । २ जेठ ०७९ मा विमानस्थल उद्घाटन भएलगत्तै पर्यटन व्यवसायीहरू उत्साहित भए । तर, व्यवसायीहरूको त्यो उत्साह धेरै टिक्न सकेन । देशमा देखिएको आर्थिक मन्दी र विमानस्थल नियमित सञ्चालन हुन नसकेपछि अहिले पर्यटन व्यवसायीहरू निराश छन् । निर्माणाधीन ठूला होटेलहरूले निर्माण रोकेका छन् । केही ठूला होटेलहरू बिक्रीमा छन् । केहीलाई बैंकले लिलाम सकारेको छ । केही पर्यटन व्यवसायीहरू लगानीकर्ता थपेर भए पनि पर्खिने अवस्थामा पुगेको सिद्धार्थ होटेल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए ।

 किस्ता तिर्न नसक्दा १५ भन्दा बढी व्यवसायीको धितो लिलामी 
१५ भन्दा बढी पर्यटन व्यवसायीहरूले लगानी गरेका होटेलहरू अहिले बैंकले आफ्नै बनाइसकेको छ । नियमित किस्ता तिर्न नसक्दा रुपन्देहीको भैरहवा र लुम्बिनी क्षेत्रका चारदेखि २५ करोडसम्म लगानी भएका होटेलहरू लिलामी भएका हुन् । 
सिद्धार्थ होटेल एसोसिएसन सानका अध्यक्ष श्रेष्ठले भने, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आधार मानेर निर्माण गरिएका र निर्माणाधीन अवस्थामा रहेका ४० अर्बभन्दा बढीका होटेलको लगानी अहिले उच्च जोखिममा रहेको छ ।’

यो अवस्था अझै एक वर्ष रहे अधिकांश होटेलहरू किस्ता तिर्न नसकेर बैंकले सकार्ने अवस्थामा पुग्ने श्रेष्ठले बताए । व्यवसायीहरू टाट पल्टिसकेको अवस्था छ । इज्जत छोप्नका लागि मात्र जसोतसो ऋण खोजेर बैंकको किस्ता तिर्न बाध्य भएको होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठनका अध्यक्ष पीताम्बर न्यौपानेले बताए ।  रुपन्देहीमा स्तरीय होटेल ८९ वटा रहेका छन् । २१ वटा बन्दै गरेका छन् । ४० अर्बको लगानी पूर्ण जोखिममा छ । ९५ प्रतिशत व्यवसायीले बैंकबाट ऋण लिएर काम गरेका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार