
भैरहवा असार १८/
गत असार १० गते लुम्बिनी साँस्कृतिक नगरपालिका १३ कालिदह नाकाहुँदै नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको झण्डै २ किलो सुनको अनुसन्धान जारी छ । भैरहवा भन्सार कार्यालयले सुरु गरेको अनुसन्धानको प्रारम्भिक अनुसन्धानमा बुटवलको अमरपथ स्थित बालाजी सुनचाँदी पसलको संलग्नता देखिएको छ ।


शसस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय, २७ नम्बर हेक्वाले असार १० गते १ केजी ९६५ दशमलव ३ ग्राम तौल कायम भएको सुन भैरहवा भन्सार कार्यालयमा बुझाएको थियो । करिब २ करोड मुल्यको बरामद प्रकरणमा जिल्ला अदालतमा मुद्दा चलाउनुपर्ने प्रावधान अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको उनले बताए ।

रुपन्देहीको नेपाल भारत सीमानामा पर्ने लुम्बिनी साँस्कृतिक नगरपालिका १३ कालिदहबाट शसस्त्र प्रहरीको चेकजाँचका क्रममा सुन बरामद भएको थियो । भन्सार मुल्यांकन अनुसार १ करोड ८५ लाख ६५ हजार ३५५ मुल्य कायम भएको बरामद सुन, सीमानाका पार गर्न प्रयोग भएको १५ लाख मुल्यको बा १२ च ३८२० नम्बरको मारुती सुजुकी कार र कार चालक दाङका हुमानन्द गिरीलाई शसस्त्रले भैरहवा भन्सारमा बुझाएको थियो ।