Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

साढे २ अर्ब लगानीमा सिद्धार्थ ग्रुपको पाँचतारे होटल भैरहवामा संचालन


  • लुम्बिनी चिन्तन
  • आषाढ १४, २०८० बिहिवार
  • 582
    SHARES

साढे २ अर्ब लगानीमा सिद्धार्थ ग्रुपको पाँचतारे होटल भैरहवामा संचालन

भैरहवा असार १४/

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आफ्नो पहिलो पाँचतारे होटल भैरहवामा सञ्चालनमा ल्याएको छ ।

२५ वर्षअघि सुदूरपश्चिमको कैलालीको टिकापुरमा ग्रामिणस्तरको खाजा पसलबाट सुरु भएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको यात्रा पाँचतारे होटलसम्म आइपुगेको हो ।

pardesh add 11 a.jpg

यसअघि कटेज रेस्टुराँ, तीनतारे र चारतारे स्तरका सहित ३२ वटा शाखा सञ्चालन गरेको यो ग्रुपले भैरहवामा पहिलो पाँचतारे होटल सिद्धार्थ भिला सञ्चालनमा ल्याएको हो ।

भैरहवाको अञ्चलपुरमा चार बिघा क्षेत्रफलमा फैलिएको यो होटलमा सिद्धार्थले साढे २ अर्ब रुपैयाँ लगानी गरेको छ । सिद्धार्थ भिलासा लुम्बिनी प्रदेशको तेस्रो पाँच तारे होटल समेत बनेको छ ।

होटलमा डिलक्स एक्जुकेटिभ स्वीट, प्रेसिडेन्टियल स्वीट, स्वीट र ७२ वटा डिलक्ससहित चार तहका ८५ वटा कोठा छन् ।

hotal siddhartha.jpg

ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेका अनुसार होटलमा क्यासिनोको समेत सुविधा छ । यहाँ नेपालकै ठूला सभा हल, ३ वटा सेमिनार हल, लबी लाउञ्ज, अल डे डाइनिङ, रुफ टप रेष्टुरेन्ट, स्वीमिङ पुल, फिटनेस, जिम हल, स्पासहितको हेल्थ क्लब, लङ टेनिस कोर्ट सहितका पूर्वाधार रहेको ग्रुपका सीईओ कृष्ण न्यौपानेले जानकारी दिए ।

क्यासिनोकै लागि मात्र १७ हजार वर्गफिट क्षेत्रफल प्रयोग गरिएको र सभा हल १२ सय जना क्षमताको रहेका उनले बताए । हाल पाँचतारे होटल सफ्ट लञ्च भएको आगामी असोजमा ग्राण्ड ओपेनिङ सहित पूर्णरुपमा सञ्चालनमा आउने न्यौपानेले जानकारी दिए ।

vim hospital.jpg

बुद्ध जन्मस्थल लुम्बिनी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय पर्यटकलाई मध्यनजर गरेर पाँच तारे होटलमा लगानी गरिएको न्यौपानेले बताए । होटलभित्रका सबै संरचनाहरुमा बुद्धको जीवनीसँग सम्बन्धित र बुद्धत्व झल्किने नामाकरण गरिएको उनले बताए ।

‘आन्तरिक र विदेशी पर्यटकमाझ बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धको प्रचार गर्न पाँचतारे होटलका सबै पूर्वाधारमा बुद्धलाई जोडेका छौं’ न्यौपानेले भने ।

parasi add.jpg

२०५४ सालमा कैलालीबाट सुरु भएको सिद्धार्थ ग्रुपले छिट्टै चितवनको सौराहामा सिद्धार्थ भिलासाको दोस्रो शाखा सञ्चालनमा ल्याउने उनले बताए । त्यसपछि सिद्धार्थ बैभव र सिद्धार्थ बाटिका गरी तीन स्तरका लक्जरी होटल सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए ।

रेष्टुरेन्ट तर्फ सिद्धार्थ कटेजलाई ब्राण्डिङ र विस्तार गर्ने र कर्मचारी समेतको लगानीको एस क्याफेहरु सञ्चालन गर्ने न्यौपानेले बताए ।

ग्रुपले आईटी, कृषि क्षेत्र र हस्पिटालिटी शिक्षा क्षेत्रमा समेत लगानी गरेर व्यवसायलाई विस्तार गरिरहेको छ । सिद्धार्थ भिलासामा ३ सय जनासहित ग्रुपले हालसम्म १६ सय जनालाई रोजगारी दिएको छ ।

ग्रुपका अध्यक्ष न्यौपानेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र वृद्धि गर्न भारतसँगको हवाई रुट प्राप्तिमा सरकारले भारत सरकारसँग निरन्तर पहल गनुपर्ने माग गरे ।


लुम्बिनी चिन्तन

थप समाचार