Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

७७ जिल्लाका सीडीओलाई एकैपटक ज्ञापनपत्र, शान्ति सुरक्षा नभए लघुवित्तको सेवा बन्द गर्ने चेतावनी


  • लुम्बिनी चिन्तन
  • आषाढ १२, २०८० मंगलवार
  • 388
    SHARES

७७ जिल्लाका सीडीओलाई एकैपटक ज्ञापनपत्र, शान्ति सुरक्षा नभए लघुवित्तको सेवा बन्द गर्ने चेतावनी

भैरहवा असार ११/

शान्ति सुरक्षाको माग गर्दै नेपाल लघुवित्त बैंकर्स संघले देशभरीका ७७ वटै जिल्ला सीडीओ कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । लघुवित्त विरुद्धका गतिविधिले कर्मचारीमाथि कालोमोसो र कुटपिट गर्न थालेपछि शान्ति सुरक्षाको माग गर्दै ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

 

लघुवित्त बैंकर्स संघले शान्ति सुरक्षा नभए आफूहरु पनि आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । लघुवित्त संस्था विरुद्ध विगतदेखि केही व्यक्ति तथा राजनीतिक समूहले ‘लघुवित्तीय विरुद्धको संघर्ष समिति’ नामको अवैधानीक समूहले विभिन्न गतिविधि गरेकाले कारवाही गर्न माग लघुवित्तकर्मीहरुले गरेका छन् .

pardesh add 11.jpg

‘अवरोध श्रृजना गर्ने, कपोलकल्पित आक्षेप लगाई अनर्गल प्रचार प्रसार गर्ने, वित्तीय संस्था जस्तो अत्यावश्यक सेवा अवरुद्ध गर्ने नियतले वित्तीय संस्थाको कार्यालयमा ताल्चा लगाउने, लघुवित्तकर्मीलाई कार्यक्रम बन्द गर्न धम्की दिई मनोबल कमजोर गराउने, कर्मचारीहरु माथि हातपात गर्ने, रकम कलम लुटपाट गर्ने, सदस्यहरुलाई वित्तीय सेवा उपयोग गर्न बाधा पुयाई लघुवित्तलाई नै धराशायी गराउने जस्ता कानून विपरितका गतिविधि भईरहेका छन्,’ लघुवित्त बैंकर्स संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उक्त समूहले गैर कानूनी रुपमा लघुवित्तका सदस्यबाट ५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म शुल्क उठाई कराडौं रुपैयाँ दुरुपयोग गरेको संघको आरोप छ । कर्जा लिएर नतिर्ने, अटेरी गर्ने, वित्तीय अनुशासन नभएका, मादकपदार्थ सेवन गर्ने र समाजमा आर्थिक रुपमा बदनाम भएकाहरु ब्यक्तिहरु लघुवित्त विरुद्धका गतिविधिमा संलग्न रहेको संघको दावी छ ।

vim hospital.jpg

‘बैंकबाट थोक कर्जा लिई र समूहका सदस्यहरुबाट बचत संकलन गरी ऋण लिन चाहने सदस्यहरुको माग र आवश्यकता अनुसार विधि पूरा गरी लगानी भएको कर्जा मिनाहा गर्ने, निःशुल्क कर्जा प्रवाहको माग तथा लघुवित्त संस्थाहरुनै खारेज गर्नुपर्छ जस्ता विषय जो हामी संग असम्बन्धित र अस्वभाविक मागहरु राखी निरन्तर रुपमा हाम्रो नियमित काममा बाधाव्यवधान गरिरहेको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ ।

लाखौं जनताको बैंकिङ्ग प्रतिको भरोसालाई प्रत्यक्ष प्रभावपारी समग्र देशको अर्थतन्त्रमा नकरात्मक प्रभाव पार्ने जस्ता गैर कानूनी गतिविधिहरु भैरहेकाले उक्त स्वार्थ समूहको आन्दोलनका नाममा भएका अवाञ्छित गतिविधि तत्काल बन्दगरी शान्ति सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन लघुवित्त बैंकर्स संघले अनुरोध गरेको छ ।

kotahimae add 12.jpg

यस्ता गतिविधिहरु निरन्तर चली रहने, राज्यको संयन्त्रबाट असहयोग हुने र हालको सुरक्षा अवस्थामा सुधार नभएमा लघुवित्त वित्तीय संस्थाहरुले अझ कडा कदम चाल्ने र सम्पूर्ण सेवाहरु बन्द गर्नुपर्ने जस्ता अप्रिय निर्णय लिन बाध्य हुने लघुवित्त बैंकर्स संघका कार्यवाहक अध्यक्ष मिन बहादुर बोहराले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार