Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिद्धार्थ होटल संघको श्रीलंकामा सेल्स मिसन कार्यक्रम


  • लुम्बिनी चिन्तन
  • आषाढ १२, २०८० मंगलवार
  • 454
    SHARES

सिद्धार्थ होटल संघको श्रीलंकामा सेल्स मिसन कार्यक्रम

 

भैरहवा, ११ असार

बुद्धजन्मस्थल लुम्बिनी सहित वरपरका बौद्ध जीवनिमा आधारीत स्थलहरुको प्रचार गर्दै श्रीलंकन बौद्धीष्टहरुलाई भ्रमणको नीम्तो दिन सिद्धार्थ होटल संघ नेपाल (शान)को टोलि श्रीलंका हिडेका छन् । सेल्स मिशन कार्यक्रम १२ असार देखि १७ असार सम्म छ ।

pardesh add 11 a.jpg

संघले भैरहवामा पत्रकार सम्मेलन मार्फत सेल्स मिशन कार्यक्रमको जानकारी गराउदै सोमबार प्रस्थान गरेका हुन् ।

स्थलमार्ग हुदै बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने सबै भन्दा बढी तेश्रो मुलुकको पर्यटकमा श्रीलंकनहरु रहेका छन् । कोरोना कहर सुरु हुनु अघि सम्म बार्षिक ५० हजारको हाराहारीमा श्रीलंकन पर्यटक आउने गरेकोमा अहिले निकै न्यून श्रीलंकन पर्यटकहरु आएका छन् ।

६ दिनको श्रीलंकाको कार्यक्रममा हामीहरुले कोलम्बो र केन्डी शहरमा प्रचारात्मक अभियानका कार्यक्रम गर्नेछौ, सिद्धार्थ होटल संघ नेपाल –शान)का अध्यक्ष श्रीलंका सेल्स मिशन कार्यक्रमका लिडर चन्द्र प्रकाश श्रेष्ठ(सिपी)ले भने ।

parasi add.jpg

अहिले बाताबरण सहज छ, हामी संग भैरहवामा अन्तर्राष्ट्रिय बिमानस्थल पनि छ, बजेट अनुसारको होटलहरु पनि छ, श्रीलंकनहरु लुम्बिनी भ्रमणमा आउनुस , हामी स्वागत गर्न तयार छौ, तपाईहरुको बजेट अनुसारको भ्रमण प्याकेज उपलब्ध गराउछौ, त्यहा हामीले भन्नेछौ, अध्यक्ष श्रेष्ठले भने ।श्रीलंकाको कोलम्बोबाट भैरहवा सम्म सिधा हवाई उडान सुरु गर्न हामीले त्यहाका पर्यटन सरोकार वाला  संघसस्था संग भन्नेछौ, हामीहरुको कार्यक्रममा त्यहाका पर्यटन मन्त्री र प्रधानमन्त्रीका छोरा पनि सहभागी हुनु हुने भएकाले उहाहरु मार्फत कोलम्बो भैरहवा बिमानसेवा सुरु गर्न पहल गर्न आग्रह गर्नेछौ, अध्यक्ष श्रेष्ठले भने ।

सिद्धार्थ होटल संघ (शान)को सेल्स मिशन कार्यक्रममा सुरुमा केन्डी शहरमा त्यहाका पर्यटन व्यवसायी,  टुर तथा ट्राभल अपरेटर लगायत संग  अन्तरत्रृmया, छलफल र बि टु बि कार्यक्रम गरीने सेल्स मिशन कार्यक्रमका संयोजक सिद्धार्थ होटल संघका बरीष्ठ उपाध्यक्ष किशोर जोशीले बताए । त्यस्तै कोलम्बोमा हुने कार्यक्रममा त्यहाका पर्यटन मन्त्री सहित, नेपालका लागि श्रीलंकाका राजदुत, कोलम्बोका पर्यटन व्यवसायी, ट्राभल एजेन्ट, टुर अपरेटर, सरकारी, गैरसरकारी सस्थाका प्रतिनिधी  एवं नेपालका प्रतिनिधी मण्डल सहित २ सय जनाको उपस्थितीमा लुम्बिनी र वरपरका क्षेत्रहरु कपिलबस्तु, राम्रगाम, देबदह लगायतका  बारेमा जानकारी, साथै बित्त चित्र प्रदर्शनी, बिटुबि लगायतको कार्यक्रम आयोजना हुने जोशीले बताए ।

ban add.jpg

श्रीलंका सेल्स मिशन कार्यक्रमको प्रबद्र्धकमा नेपाल टुरीजम बोर्डरहेको छ । त्यसै गरी होटल संघ नेपाल र लुम्बिनी बिकाश कोष पनि साथमा रहेका छन् । सिद्धार्थ होटल संघले आफनै पहलमा २०७२ सालको भुकम्प पछि जेठ महिनामा नेपाल भ्रमणका लागि सुरक्षित छ, भ्रमण गर्न आउनुहोस भन्दै थाईल्याण्डमा सेल्स मिशन कार्यक्रम आयोजना गरेको थियो ।  टोलि कार्यक्रम सकेर असार १७ गते नेपाल फर्कनेछ ।  टोलिलाई नेपाल टुरीजम बोर्डले सोमबार बिदाई गरेको थियो ।

samarimae add.jpgयस अघि संघले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका सचिब रबिन्द्र शर्मा घिमिरे, सदस्य श्रीचन्द्र गुप्ता, लुम्बिनी प्रेस क्लवका निबर्तमान अध्यक्ष नरेश केसी, शानका सल्लाहकार मनोरञ्जन शर्मा, पर्यापर्यटन समुहका दिपेन्द्र बडुवाल लगायतले आफनो धारणा राखेका थिए । श्रीलंका प्रस्थान गरेको टोलीमा शानका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ, बरीष्ठ उपाध्यक्ष किशोर जोशी, कोषाध्यक्ष भोजेन्द्र खत्री क्षेत्री, सदस्य श्रीचन्द्र गुप्ता,सुजन पाण्डे,नलिन न्यौपाने, अंकित जैशवाल, कैलाश गुप्ता, पवन गोयल, अभय शंकर झा, पशुपति कान्दु, पदम केसी, बुद्धिराम यादव, र संचारकर्मि प्रकाश न्यौपाने छन् ।


लुम्बिनी चिन्तन

थप समाचार